काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अङ्कले ओरालो लागेर दुई हजार १०६.१५ मा ओर्लेको छ ।यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अङ्कले ओरालो लागेर ४०६.११ मा सीमित भएको छ । कूल २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मेडिकल विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाएको गुनासो बढेको बताएका छन् । सोमबार चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।‘नर्सिङलगायतका विषयमा विद्यार्थीले चाहेअनुसार पढ्न नपाएको गुनासो गम्भीर तरिकाले उठेको छ’ मन्त्री पौडेलले भने, ‘कानुन संशोधन गरेरै...
काठमाडौं । भारतले पाँचौँ टी२० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित गरेको छ । पहिलो, तेस्रो र चौथो खेल जित्दै भारतले एक खेल अगावै पाँच खेलको शृंखला ३-१ ले आफ्नो पक्षमा पारिसकेको थियो । पाँचौ खेलमा निकालेको जितपछि भारतले शृंखला ४-१ ले जित्यो ।भारतले प्रस्तुत गरेको एक सय ८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.४ ओभरमा मात्र एक...
काठमाडौँ । मकवानपुरको हेटौँडामा पाँच वटा सवारीसाधन ठोक्किएका छन्। राजमार्गमा स्कुल बस, ट्रक, ट्याङ्कर, कार र लरी दुर्घटनामा परेको हो।सोमबार बिहान हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।दुर्घटना हुँदा विद्यार्थीहरूसहित १५ जना घाइते छन्। उनीहरूको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य नै रहेको...
काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । सोमबार बिहान १० बजेदेखि सुरु भएको बैठक चार घन्टासम्म चलेको थियो ।सिट बाँडफाँडबारे छलफल गर्न बसेको बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय गरेको छ ।महामन्त्री गगन थापाका अनुसार कांग्रेसले २ गतेदेखि २४ भदौसम्म केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने निर्णय गरेको...
काठमाडौं । अभिनेता आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन् । आर्यनले आइतबार फिल्म निर्माण कम्पनी डि.बि.आर मिडिया एन्ड मुभिजसँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ ।आर्यनले सुहाउँदो क्यारेक्टर पाएपछि फिल्म गर्ने सम्झौता गरेको बताए । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म को ९०...
भक्तपुर । भक्तपुरको सिपाडोलमा दुर्घटना भएको छ । आज (सोमबार) दिउँसो भक्तपुरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा रहेको महादेव मन्दिर नजिकै बस दुर्घटना भएको भक्तपुर प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, दुर्घटना भएको बसमा मन्दिर दर्शन गर्ने यात्रु थिए । केही यात्रु घाइते समेत भएका छन् । बसको नम्बर खुलेको छैन । घाइतेलाई अस्पताल पठाउँदै गरेको र घटनाबारे विवरण संकलन...
काठमाडौं । सिद्धार्थ इन्सुरेन्सको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सिद्धार्थको खुद नाफा ८.३२% ले घटेर ३२ करोड १० लाख ७१ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसै अवधिमा ३५ करोड १ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सिद्धार्थको खुद बीमा शुल्क आर्जन १४% ले बढेर १ अर्ब ५ करोड ६२...
काठमाडौं । आज साउन महिनाको चौथो सोमबार । विहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।साउने सोमबारको ब्रत बस्नुका साथै भगवान शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र घर परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासका साथ विहानैदेखि शिवालयमा...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबार विभिन्न फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार सोमबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ र अनार २९० रुपैयाँ रहेको छ ।त्यस्तै, आँप प्रतिकिलो २६५ रुपैयाँ, एभोकाडो ५२५ रुपैयाँ, रातो आलु ६४ रुपैयाँ २० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, इमली...










