भक्तपुरको सिपाडोलमा बस दुर्घटना

160

भक्तपुर । भक्तपुरको सिपाडोलमा दुर्घटना भएको छ । आज (सोमबार) दिउँसो भक्तपुरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा रहेको महादेव मन्दिर नजिकै बस दुर्घटना भएको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटना भएको बसमा मन्दिर दर्शन गर्ने यात्रु थिए । केही यात्रु घाइते समेत भएका छन् । बसको नम्बर खुलेको छैन । घाइतेलाई अस्पताल पठाउँदै गरेको र घटनाबारे विवरण संकलन गरिरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।

तस्बिर -मोहन वल्ल