काठमाडौं । सरकारले संयुक्त राष्ट्र संघ (युएन)को कार्यक्रममा अमेरिका जाने तयारीमा रहेका चार प्रहरी अधिकारीको नाम काटेको छ । संयुक्त राष्ट्र संघको आयोजनामा हरेक वर्ष हुने ‘चिफ अफ पुलिस समिट’मा अमेरिका जान लागेका नेपाल प्रहरीका दुई अधिकृत र सशस्त्र प्रहरी बलका दुई अधिकृतको नाम सरकारले काटेको हो । सरकारी खर्चको मितव्ययिता भन्दै चार प्रहरी अधिकृतको नाम काटिएको छ । दुई अधिकृतको नाम काटिएसँगै अब नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेल मात्रै अमेरिका जाने भएका छन् ।













