काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।आज छापावाल सुन तोलामा ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९६ हजार चार...
बैतडी । बझाङको बित्थडचिर गाउँपालिका–१ स्थीत श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना छात्राहरू बेहोस भएका हुन् ।उनीहरूको २ घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताए । उनले भने, ‘विद्यार्थीहरू एक पछि अर्को हुँदै बेहोस भए । पहिलो दिन एक...
ढाका । बंगलादेशमा पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धिको देशव्यापी विरोध भएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार यो मूल्यवृद्धि ‘अहिलेसम्मकै उच्च’ हो ।सरकारले केही दिनअघि पेट्रोल र डिजेलको मूल्यमा ५० प्रतिशतभन्दा बढी वृद्धि गरेको थियो । टापु देश श्रीलंकापछि दक्षिण एसियाको अर्को देश बंगलादेश पनि प्रदर्शनबाट प्रभावित छ । आक्रोशित प्रदर्शनकारीहरूले अप्रत्याशित मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बंगलादेशभर इन्धन स्टेसनमा घेरा...
काठमाडौं । सरकारले पछिल्लो तीन महिनामा विभिन्न गैरकानूनी क्रियाकलापमा सहभागी ३३ देशका १३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्काशन गरेको छ । अध्यागमन विभागका अनुसार २०७९ वैशाख १ गतेदेखि असार मसान्तसम्मको अवधिमा उनीहरुलाई निष्काशन गरिएको हो ।नेपालबाट निष्काशनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ र अमेरिकी नागरिकहरु रहेका छन् । गत वैशाखदेखि असारसम्मको अवधिमा सरकारले २५ जना चिनियाँ र १९ जना...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियमदर निर्धारण गरेको छ ।मंगलबार एक अमेरिकी डलरको खरिदमा १२७ रुपैयाँ १६ पैसा र बिक्रीमा १२७ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिद १२९ रुपैयाँ ५९ पैसा र बिक्रीमा १३० रुपैयाँ २० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र...
काठमाडौं । नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको छ । एमाले निर्वाचन विभागका अनुसार दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिने कार्यक्रम छ ।दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख...
काठमाडौं । धौलागिरी लघुवित्तले आज मंगलबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । आज मंगलबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ रहेको छ ।अनार २९० रुपैयाँ, अमला १२५ रुपैयाँ, चोसा आँप २९० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५३ रुपैयाँ ५० पैसा, स्थानीय काउली ८५ रुपैयाँ,...
काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ९६ हजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ रहेको छ ।यस्तै सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार २५५ रुपैयाँ तोकिएको छ । आइतबार पनि सोही मूल्यमा सुन–चाँदीको कारोबार भएको थियो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार ३५१ जनामा परीक्षण गर्दा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।२ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ...









