Home Blog Page 816
काठमाडौं । एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो ।२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २ हजार रुपैयाँको काजु र बदाम आयात गरेको विभागले...
लण्डन ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को समाचार संयोजकमा चिरन शर्मा मनोनित भएका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष समेत रहेका शर्मालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्य दल) समितिले सो जिम्मेवारी दिएको हो । संघका प्रवक्ताद्धय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समितिलाई आइतबार विस्तार गरेका हुन्...
ललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले हरेक खेलमा भइरहेको विवादले खेल क्षेत्र प्रभावित बनेको बताएका छन् । ललितपुर महानगरपालिका- २६ मा रहेको सुनाकोठी बुदोकैदो क्लबको प्रथम साधारण सभाको उद्घाटन गर्दै उनले विवादले खेलाडीलाई असर पारेको बताए ।बुदोकैदो खेल नेपाली भाषामा खेल्ने भएकाले गौरवकाे विषय भएकाे उनले बताए । साथै, उनले जिल्लाको खेलकुदको विकासमा गर्न सक्ने...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार १० अंकको वृद्धि भएको छ। नेप्से परिसूचक १०.२७ बिन्दुले बढेर २१२३.८२ को बिन्दुमा बजार बन्द भएको छ। आज दिनभर दुई अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भयो।बैंकिङ ०.२, विकास बैंक ५२, फाइनान्स ३३, होटल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ०।७५ र ब्यापार उपसमूह ३८ अंक...
काठमाडौं । देशभर थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ५१ जना र १ हजार ७४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०२ जनामा गरी जम्मा ५५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११...
काठमाडौं । लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् । आइतबार अपराह्न ४ बजे ठाकुरले प्रधानमन्त्री देउवालाई भेट गर्न लागेका हुन् ।लोसपा नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सामेल र मुद्दा फिर्ता छलफलका एजेन्डा रहेका छन् । लोसपाले आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर जाने मनस्थिति बनाएको छ । सोही कारण अहिलेको सरकारमा लोसपालाई सहभागी हुन...
भैरहवा । रुपन्देहीमा लक्षित वर्गभन्दा बढीले कोभिड १९ विरूद्धको खोप लगाएका छन् । जिल्लाका १० लाख ८७ हजार ४६४ मध्ये १२ वर्ष माथिका खोप लगाउनयोग्य आठ लाख ३५ हजार ७९० जना थिए ।लक्षित समूहभन्दा बढी १०२ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धकोे पूर्ण खोप लिएसँगै जिल्ला पूर्ण खोप सुनिश्चत घोषणाको पक्रियामा छ । १२ वर्षमाथिका लक्षित सबै नागरिकले कोभिड–१९...
इस्लामाबाद । पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले आगामी उपनिर्वाचनमा नौ वटै क्षेत्रमा एक्लै उम्मेदवारी दिने घोषणा गरेका छन् । आफ्ना पार्टीका सांसदहरूले दिएको राजीनामालाई सभामुखले स्वीकृत गरेपछि रिक्त नौ वटै स्थानमा उपनिर्वाचन हुँदै छ ।आगामी २५ सेप्टेम्बरमा उपनिर्वाचन हुने पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । सबै रिक्त सिटमा चुनाव लड्ने खानको निर्णयले राजनीतिक वृत्तमा...
काठमाडौं । नेपाली राष्ट्रिय कबड्डी टिमका सदस्यद्वय नागेश्वर थारु र लालमोहर यादवले भारतको फ्रेन्चाइज कबड्डी ‘प्रो-कबड्डी’ खेल्ने भएका छन् । प्रतियोगिताको आउँदो सिजनका लागि दुवै खेलाडीले बेंगलुरु बुल्सबाट खेल्ने भएका हुन् ।उनीहरूलाई बेंगलुरुले १० लाख भारुमा अनुबन्ध गरेको हो । दुवै नेपाली खेलाडी प्रतियोगिताको अक्सनको ‘सी’ श्रेणीमा थिए ।लालले यसअघि पनि बेंगलुरुबाटै प्रतियोगिता खेलेका थिए । लालबाहेक...
गुल्मी । गुल्मीको रेसुङगा नगरपालिका–१० काभ्रेपैरोमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीकै गुल्मीदरबार गाउँपालिका–३ गौडाकोटका ३८ वर्षीय रण बहादुर ढेगा रहेका छन् ।अचानक सडक भासिएर राङबासबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १८६६ नम्बरको ट्रक अन्दाजी ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालक ढेगाको घटनास्थलमै मृत्यु भएको...