Friday, June 26, 2026
Home Blog Page 698
उदयपुर । उदयपुरमा गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थकसहितलाई नेपाली कांग्रेस उदयपुरले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । कांग्रेस क्षेत्रीय सभापति रामकुमार राईसहित पाँचजना नेता तथा कार्यकर्ता कारबाहीमा परेका हुन् ।कांग्रेसले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो ।...
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताएका छन्। उनले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गरेका छन्। बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गरेर नेता रावलले अछाम–१ मा आफूलाई प्रतिनिधिसभा सदस्यका लागि टिकट नदिइएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।रावलले पार्टीले सुनियाेजित रूपमा आफूलाई उम्मेदवार बन्न नदिएकाे आराेप...
बीबीसी । आमिर खान र कियारा आडवाणीले गरेको एक विज्ञापन आलोचनामा परेको छ । भारतका एक प्रान्तीय मन्त्रीले बलिवुड नायक आमिर खानलाई ध ार्मिक भावनामा आघात पुग्नेू किसिमका विज्ञापन नखेल्न अनुरोध गरेका छन्।विज्ञापनमा खानको भूमिकामाथि हिन्दू दक्षिणपन्थीहरूले आक्रोश व्यक्त गरिरहेका बेला मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राको यो भनाइ आएको हो। एउटा ब्याङ्कका लागि गरिएको विज्ञापनमा खान र नायिका कियारा...
भरतपुर । यज्ञप्रसाद सुवेदीको भरतपुर–२३ को जगतपुरमा रहेको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघामा केराखेती गर्नुभएको छ । सबैभन्दा धेरै क्षेत्रफलमा केरा लगाउनेमध्येका एक उहाँले केरा बोटमै पाकेपछि चरा र बाँदर...
-माछापुच्छ्रे हिमाल शृङ्खला पोखरा महानगरपालिका–११ काँहुडाँडाबाट मौसम खुलेसँगै देखिएको माछापुच्छ्रे हिमशृङ्खला । तस्बिर ः राधिका कँडेल/रासस 
लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को उत्पादित बिजुली परीक्षण आजदेखि सुरु भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा एक महिनाअघि निर्माण सम्पन्न भएको २५ मेगावाट क्षमताको यस जलविद्युत् आयोजनाको उत्पादित बिजुली परीक्षण आजदेखि सुरु भएको हो ।आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले भन्नुभयो, हामीले बल्लबल्ल आयोजना निर्माण सम्पन्न गरौँ, निर्माण सम्पन्न गरेको लामो समयपछि आयोजनाको उत्पादित बिजुली आजदेखि...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ रहेको छ। अमला ८६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रुपैयाँ, आभोकाडो प्रतिकेजी २२५ रुपैयाँ, भारतीय रातो आलु ४७ रुपैयाँ, मुडेको आलु ७९ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली र लाम्चो भन्टा ४५ रुपैयाँ रहेको छ।यस्तै, लोकल काँक्रो प्रतिकेजी...
अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन् । उनीहरु हाल विद्यालयमा बसेका छन् । पहिरोको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ दलित परिवारका एक सय ६१ जना विस्थापित बनेका वडा अध्यक्ष चुराबहादुर केसीले जानकारी दिनुभयो । उनीहरुलाई स्थानीय चन्द्र प्रभा माध्यमिक विद्यालयको भवनमा राखिएको छ । चार गर्भवती...
पर्सा । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्साका केही उम्मेदवारले आफँैलाई मत हाल्न नपाउने भएका छन् । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा उम्मेदवार बनेका निर्वाचन क्षेत्रमा मतदाता नामावलीमा नाम नभएका कारण केही उम्मेदवारले मत हाल्न नपाउने भएका हुन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिनुभएका लोकतान्त्रिक...
भक्तपुर । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ भक्तपुर जिल्ला १ न. क्षेत्रिय सभापति नेकपा एमाले प्रवेश गरेका छन् । चाँगुनारायण नगरपालिकाका स्थायी बासिन्दा प्रमोदराज सुवेदीलाई विहिबार एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले पार्टीमा स्वागत गरेका छन् । सुवेदीसगै कांग्रेस क्रियाशिल सदस्य एलिस सुवेदी, सन्दिप नेपाल, उमेश तिमिल्सिना, सुरज तिमिल्सिना, अमित भट्टराई र निक श्रेष्ठ एमाले प्रवेश गरेका...