काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयरमा बिक्री नभएर बाँकी रहेका ५० हजार तीन सय १० कित्तासहित कूल छ लाख ७० हजार तीन सय १० कित्ता शेयर रु...
कैलाली । जिल्लाको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरापालिका–१३ कैलालीगाउँका ३१ वर्षीया दुर्गा ओझा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार कैलालीगाउँ जाने भित्री सडकखण्डमा ओझाले चलाएको से६प ३९३६ नंको मोटरसाइकल नालीमा पल्टीएको थियो । उनको टाउको र अनुहारमा चोट लागेको थियो ।...
भक्तपुर । नेकपा एमाले भक्तपुर क्षेत्र न. १ र प्रदेशका चुनावी कमाण्डरहरु तोकिएका छन् ।
जस अनुसार १ नं. निर्वाचन परिचालन कमिटी रामबहादुर श्रेष्ठ संयोजक रहेको ५०१ सदस्य रहेको कमिटि गठन गरेको छ । सोही निर्वाचन क्षेत्रको क) प्रदेश सभातर्फ शिबराम तिमिल्सिना संयोजक सहित २५१ सदस्य र ख) को निर्वाचन परिचालन कमिटीको संयोजकमा मिलन सुवालको नेतृत्वमा १५१...
सिमकोट । पहिरोमा परी घर भत्किँदा हालसम्म थप दुुई जनाको मृत्यु भएको ढिलो गरी जानकारी प्राप्त भएको छ। 3सहज रूपमा सञ्चार सम्पर्क हुन नसकेपछि मृत्युुको चार दिनपछि दुुई जना वर्षाको कारण घर भत्किँदा मृत्युु भएको जानकारी आएको हो।अब तीन वटा गाउँपालिकाका छुट्टाछुट्टै पहिरोको घटनामा परी ६ जनाको मृत्युु भएको छ। यसअघि वर्षाले पहिरो जाँदा चार जनाको मृत्युु भएकोमा थप...
सप्तरी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनका लागि सप्तरीको राजविराजमा आज नमूना मतदान गरिएको छ । बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन सहयोगी समाजले नमूना मतदान गरेको जानकारी दिएको छ ।यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालका कार्यक्रम संयोजक सिमरन शेरचनले विभिन्न जिल्लामा नमूना मतदान र साक्षरता कार्यक्रमअन्तर्गत राजविराजमा कार्यक्रम गरिएको बताए । उनले...
काठमाडौँ । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। बिहीवार नेप्से परिसूचक ४.१५ अंक बढेर १८७०.६३ बिन्दुमा बन्द भएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.९५ अंक, फ्लोट इन्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले बढेको छ।बिहीवार कारोबारमा आएका २२२ कम्पनीको २६ लाख ९८ हजार कित्ता सेयर ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको...
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन थप पाँच दिनको समय दिएको छ । निर्वाचन आयोगले २६ असोज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएकाहरू सबैको उम्मेदवार सूची सार्वजनिक गरेको छ ।कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, जसपालगायतका दलले आयोगले दिएको समयसम्म उम्मेदवारी फिर्ता नलिने बागीहरूलाई कारबाही थालेका...
उदयपुर । करिब ९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठूला राजनीतिक दलबाटै हुने गरेको सरोकारवाला निकायले जनाएका छन्। यसकारण आगामी निर्वाचनमा यस्तो घटना नदोहोर्याउन र आचार संहितालाई गम्भीरतापूर्वक लिन जोड दिइएको छ।जिल्ला निर्वाचन कार्यालय उदयपुरले बिहीबार कर्मचारी मिलन केन्द्रमा आयोजना गरेको निर्वाचन आचारसंहिता ०७९ को विषयमा जानकारी दिन आयोजना गरिएको कार्यक्रमका सहभागीहरूले मुख्य र जिम्मेवार दलबाट आचारसंहिता उल्लंघन हुने...
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ।बिहीबार २१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६२२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर ७२५...
काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको छ। आयोगले एक विज्ञप्ति जारी गरी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उक्त निर्देशन दिएको जनाएको हो।‘राजनीतिक दल तथा उम्मेदवारबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघन तथा निर्वाचन खर्चका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी...










