Friday, June 26, 2026
Home Blog Page 699
काठमाडाैँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।सो सेयर खरिदका लागि बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा...
काठमाडौँ । भारत उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावले नेपालको मौसममा बदली रहेको छ। जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।महाशाखाकाअनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश...
भक्तपुर । भक्तपुर जिल्लामा परिचित नाम हो नवराज गेलाल । वि.स २०२२ साल असार १५ गते हालको चाँगुनारायण नगरपालिका वडा न. ३ झौखेलमा गेलालको जन्म भएको थियो । सानैदेखि राजनीतिमा सक्रिय उनी २०३२ सालमा कक्षा ६ मा पढ्देखि नै आन्दोलनको मोर्चामा लागेको बताउछन् । प्रमाण पत्र तहसम्मको अध्ययन गरेका नवराज गेलाल भक्तपुरलाई देशकै नमूना जिल्ला बनाउने अभियानका साथ २०७९...
बगदाद । इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । इराकी सभामुख मोहमद अल हलबोसीले इराकी संसदले आज राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन्।सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ । त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरुका लागि छुट्याइएको छ ।...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ७० पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ ६७ पैसा र बिक्री दर १४६...
भक्तपुर । नेकपा एमाले चाँगुनारायण प्रदेश समन्वय कमिटिको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । सो बैठकले शिवराम तिमिल्सिनाको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । एमाले चाँगुनारायण नगर कमिटी अध्यक्ष राम प्रसाद तिमिल्सिनाको संम्योजकत्वमा आर्थिक परिचालन कमिटी गठन र उपाध्यक्ष जयराम बास्तोलाको संयोजकत्वमा प्रचारप्रसार कमिटी गठन गरेको बास्तोलाले जानकारी दिए । 'बैठकले मातहत कमिटी नगर...
काठमाडौँ । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ।स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ।अस्पतालले बुधबार जारी गरेको सूचनाअनुसार पछिल्लो समय उनको मुटुको चालमा देखिएको समस्या र निमोनियाको उपचार भइरहेको छ। खकार परीक्षण गर्दा एन्टिबायोटिक निरन्तर दिइरहनुपर्ने देखिएको छ। यद्यपि, उनले सामान्य दोहोरो कुराकानी गर्न थालेको अस्पतालको...
काठमाडौँ । पछिल्ला दुई दिन गिरावट भएको नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेको छ।बुधबार नेप्से परिसूचक ११.३२ अंक बढेर १८६६.४८ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४८ अंक, फ्लोट इण्डेक्स ०.८१ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंकले बढेको छ।बुधबार कारोबारमा आएका २२३ कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री...
सिमकोट । कांग्रेस महाधिवेशन प्रतिनिधि एवं जिल्लाका वरिष्ठ नेता मंगलबहादुुर शाहीलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको छ। आसन्न मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि क नम्बर प्रदेश सभाबाट बागी उम्मेदवारी दर्ता गराएपछि उनलाई कारबाही गरिएको हो।कांग्रेस हुम्लाका उपसभापति कैलाश भण्डारीले विज्ञप्ति जारी गर्दै पार्टी निर्णय र हितविरुद्ध गएका मंगलबहादुुर शाहीलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको उल्लेख...
बारा । एमालेका मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठले पार्टी परित्याग गरेका छन् । साबिक निजगढ गाउँपालिकाका अध्यक्ष समेत रहेका उनलाई पार्टीले प्रदेश सभाको टिकट नदिएपछि बारा- १ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले बुधबार पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् ।पार्टीले स्थानीय नेताकार्यकर्ता र जनभावना विपरित टिकट दिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनीसँगै उनलाई प्रस्तावक र समर्थकका रुपमा...