भक्तपुरमा नेविसंघका क्षेत्रिय सभापति एमाले प्रवेश

203

भक्तपुर । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ भक्तपुर जिल्ला १ न. क्षेत्रिय सभापति नेकपा एमाले प्रवेश गरेका छन् ।
चाँगुनारायण नगरपालिकाका स्थायी बासिन्दा प्रमोदराज सुवेदीलाई विहिबार एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले पार्टीमा स्वागत गरेका छन् । सुवेदीसगै कांग्रेस क्रियाशिल सदस्य एलिस सुवेदी, सन्दिप नेपाल, उमेश तिमिल्सिना, सुरज तिमिल्सिना, अमित भट्टराई र निक श्रेष्ठ एमाले प्रवेश गरेका राष्ट्रिय युवा संघ नेपालका बागमती प्रदेश कमिटिका सहसचिव राजेश खड्काले जानकारी दिएका छन् ।