आमिर खानलाई हिन्दू विरोधी विज्ञापन नखेल्न अनुरोध

31
gettyimages

बीबीसी । आमिर खान र कियारा आडवाणीले गरेको एक विज्ञापन आलोचनामा परेको छ । भारतका एक प्रान्तीय मन्त्रीले बलिवुड नायक आमिर खानलाई ध ार्मिक भावनामा आघात पुग्नेू किसिमका विज्ञापन नखेल्न अनुरोध गरेका छन्।विज्ञापनमा खानको भूमिकामाथि हिन्दू दक्षिणपन्थीहरूले आक्रोश व्यक्त गरिरहेका बेला मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राको यो भनाइ आएको हो। एउटा ब्याङ्कका लागि गरिएको विज्ञापनमा खान र नायिका कियारा अडवानी एक नव विवाहित जोडीका रूपमा एक हिन्दू संस्कार अनुरूपको समारोहमा सहभागी भएका छन्। तर आलोचकहरूले उक्त विज्ञापनले हिन्दू परम्परा र संस्कृतिमाथि आक्रमण गरेको आरोप लगाएका छन्।

वित्तीय कम्पनीको लागि गरिएको उक्त विज्ञापनमा खानले उनकी श्रीमती बनेकी नायिकाको घरमा बिहेपछि गृह प्रवेश गर्दा गर्नुपर्ने संस्कार देखाइएको छ। जुन परम्परागत रूपमा श्रीमतीले श्रीमानको घरमा पहिलो पाइला टेक्दा गर्ने गरिन्छ।केहीले भने विज्ञापनले जेन्डर वा लैङ्गिक विषयलाई असाध्यै राम्रोू तरिकाले उठाएको भन्दै प्रशंसा गरेका छन्। एकजना ट्विटर प्रयोगकर्ताले  विज्ञापनले हाम्रा छोरा सरह छोरीहरूलाई सम्मान र माया दिने कुरा हो भन्ने दर्शाएको छ भनेका छन्।तर अरूले विज्ञापनले हिन्दू संस्कारको खिल्ली उडाएको र अपमान गरेको बताएका छन्।

खानले हिन्दू भावनामा चोट पुर्‍याएको भन्ने आरोप भोगेको यो पहिलोपटक भने होइन।