मोरङ । आफ्नै मामा पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ४२ वर्षीय काजी मोहराको दाउ प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनको भान्जालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–८ बस्ने २२ वर्षीय सुजन पाचकोटी रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।उर्लाबारी नगरपालिका–८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका काजी मोहरालाई घरायसी वादविवादको क्रममा सुजनले दाउ...
बाली । इन्डोनेसियाका अनुसन्धानकर्ताहरूले गत वर्ष ६२ जनाको मृत्यु हुने गरी भएको श्रीविजया एयर बोइङ ७३७–५०० विमान दुर्घटनामा थ्रोटल प्रणालीमा त्रुटि र पाइलटको रेसपोन्समा ढिलाइ भएको बताएका छन् । उडान एसजे–१८२ सन् २०२१ को जनवरीमा जाकार्ताबाट उडेको केही मिनेटपछि जाभा सागरमा खसेको थियो ।दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो ।आफ्नो अन्तिम रिपोर्टमा अन्वेषकहरूले विमान दुर्घटनामा बारम्बार त्रुटिपूर्ण...
काठमाडौं । ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ । उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत्...
काठमाडौँ । युएईसँगको पहिलो एक दिवसीय खेलमा नेपालले जितको लागि २६४ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रनको योगफल तयार पारेको हो।मोहन मुस्तफाले सर्वाधिक ५३ रनको योगदान दिए। ७३ बलको सामना गरेका उनले ७ चौका हाने। पहिलो विकेटका लागि मुहम्मद वसिम...
काठमाडाैँ । आगामी ४ मंसिरबाट सुरु हुने विश्वकप फुटबलका लागि नेपालमा प्रसारण अधिकार खरिद गरेको मिडिया हबले उपभोक्ताबाट पनि शुल्क असुल्न खोजेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ सोमबार हुने भएको छ।यसअघि शुक्रबार र आइतबारका लागि पेशी तोकिए पनि हेर्न नभ्याइनेमा पर्दै आएको विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणको मुद्दा आज भने पहिलो नम्बरमा नै रहेपछि सुनुवाइ हुने सम्भावना बढेको छ।सोमबारको...
काठमाडाैँ । निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरूका लागि पासको आवश्यकता नरहेको प्रष्ट पारेको छ।आयोगले बिरामी बोकेको एम्बुलेन्स, शव वाहन,अस्पतालमा कार्यरत परिचय पत्र बोकेको चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पासको अनुमति लिनु नपर्ने आयोगले बताएको हो।निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, दमकल, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधनका लागि पास...
काठमाडाैँ । मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवारहरूले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन्। विभिन्न राजनीतिक दलका उम्मेदवारका साथै स्वतन्त्र उमेदवारहरू पनि पुरानै आश्वासनका बोकेर मत माग्न घरदैलोमा व्यस्त भएका हुन्।उम्मेदवारहरूको घरदैलोमा स्थानीय किसानहरूले भने मल नपाएको गुनासो गरेका छन्। अहिले देशभरका उम्मेदवारहरू आफ्नो अन्तिम प्रचारप्रसारका लागि दौडधुप गरिरहेका बेला भक्तपुर निर्वाचन क्षेत्र नं १...
बुटवल । पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित एवं ठूला उद्योगी व्यवसायी मोटाउने र साना तथा मझौला उद्योगी व्यवसायी दुव्लाउने अवस्था आएको भन्दै उनले यसको अन्त्यका लागि उद्योगी व्यवसायीले कुनै एउटा क्षेत्र रोज्नुपर्ने बताए ।नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको उद्योगी व्यवसायीसँगको छलफलमा...
कर्णाली । कर्णाली प्रदेश सरकारले भवन संहिताबिना बनेका घर तथा भवन भूकम्प प्रतिरोधी नभएको जनाएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले भने, “कर्णालीमा भवन संहिताअनुसार नै घर तथा भवन बनाउनुपर्छ । यसमा मन्त्रालयको ध्यान गएको छ ।”यही कात्तिक २२ गते मध्यराति २ः१२ बजे खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले घर...
काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ क्षेत्र नं. १ का मतदाताले आफूलाई सरकारको नम्बर वान बनेको हेर्न चाहेको दावी गरेका छन्। सोमबार बिहान काठमाडौँ महानगरपालिकाको वडा नं. २९ को घरदैलो कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले साे दावी गरेका हुन्।‘यो क्षेत्रका जनताले मलाई सरकारको नम्वर वान म्यान बनेको हेर्ने चाहना छ भनेका छन्,’ सिंहले भने। आफूले क्षेत्र नं....










