विमान दुर्घटना, थ्रोटल प्रणालीमा त्रुटि र पाइलटको रेसपोन्समा ढिलाइ

29

बाली । इन्डोनेसियाका अनुसन्धानकर्ताहरूले गत वर्ष ६२ जनाको मृत्यु हुने गरी भएको श्रीविजया एयर बोइङ ७३७–५०० विमान दुर्घटनामा थ्रोटल प्रणालीमा त्रुटि र पाइलटको रेसपोन्समा ढिलाइ भएको बताएका छन् । उडान एसजे–१८२ सन् २०२१ को जनवरीमा जाकार्ताबाट उडेको केही मिनेटपछि जाभा सागरमा खसेको थियो ।

दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो ।

आफ्नो अन्तिम रिपोर्टमा अन्वेषकहरूले विमान दुर्घटनामा बारम्बार त्रुटिपूर्ण थ्रोटल प्रणाली सहित धेरै कारकहरूलाई दोष दिएका छन् । ६ वर्षको अवधिमा यो इन्डोनेसियाको तेस्रो प्रमुख हवाई दुर्घटना हो ।