काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपाैयाँले बढेको छ । सोमबार प्रतितोला ९७ हजार दुई सय रुपाैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार दुई सय रुपाैयाँ तोकिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सात सय छ । यसको मूल्य अघिल्लो...
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान शुरू गर्ने भएको छ । बुद्ध एयरले पोखराबाट भारतको बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको हो ।सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने भनिएको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ ।पोखरा–बनारस–पोखराको उडान सातामा तीन दिन आइतबार,...
भक्तपुर । भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।मोटरसाइकलमा सवार झापा घर भई हाल मध्यपुरथिमि...
काठमाडौं । पाल्पामा आजदेखि मदिरामा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै आजदेखि निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो ।प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिरामा रोक लगाइएको हो ।निर्देशनको अवज्ञा गरी कुनै पनि प्रकारको मदिरा बिक्री, ओसारपसार...
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक २१.२६ अंकले बढेर १९०४.४३ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.५० अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले बढेको छ।सोमबार कारोबारमा आएका २२६ कम्पनीको २४ लाख ५२ हजार कित्ता शेयर ९४ करोड ६० लाख ८९ हजार रुपैयाँ बराबरको...
काठमाडौं । सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको उम्मेदवारीविरुद्ध परेको भ्याकेटको निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यसअघि जारी भएको अन्तरिक बदर गर्न अस्वीकार गरेको हो।डा. कार्की ललितपुर २ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार हुन्।
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ।सोमबार २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४९९ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर ६७२...
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयरलाई भ्रष्टाचार गरेको आरोप लागेको छ। मेयर पदम बोगटीले नगरपालिकामा सल्लाहकार, कर्मचारी नियुक्ति र कर्मचारी सरुवालगायतका कार्यमा आर्थिक अनियमितता गरेको आरोप लागेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले नगरपालिकासँग कर्मचारी र सल्लाहकार नियुक्त सम्बन्धि विवरण माग गरेको छ। शुक्रबार नगरपालिकालाई पत्राचार गर्दै स्वीकृत दरबन्दी विवरण, नगर कार्यपालिकाबाट नियुक्त गरिएका कर्मचारी विवरण, नियुक्ति प्रक्रिया, सेवासुविधा, नगरपालिकाभित्र...
काठमाडौं । देशको विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका-६ दुब्ले बस्ने ५५ वर्षीय गोपाल तामाङ सोही गाउँपालिका-६ स्थित थारे भीरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । खिजिदेम्बा गाउँपालिका-६ थारेस्थित ससुराली घरबाट शनिबार आफ्नो घर फर्किएका उनी आइतबार बिहानसम्म घर नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो । रूपन्देहीको बुटवल उपमहानगरपालिका-३ गोलपार्कस्थित सडक छेउको नालीमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय...
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र गठबन्धनको उम्मेदवारविरुद्ध क्रियाशील भएको भन्दै पाँचजना क्रियाशील सदस्यलाई कारबाही गर्दै उनीहरूको नाम अभिलेखबाट हटाउने निर्देशन दिएको छ ।केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले सोमबार नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को...










