एजेन्सी । अफगानिस्तानको पूर्वी भागमा पर्ने पन्जशिर प्रान्तमा १३ जना लडाकूले हतियारसहित स्थानीय अधिकारीसमक्ष आत्मसमर्पण गरेका प्रान्तीय प्रशासनले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लडाई त्यागेर आत्मसमर्पण गर्ने इस्लामिक स्टेट्स (आइएस) समूहका सबैका लागि ढोका खुला रहेको पञ्जशिरमा आयोजित एक स्वागत समारोहमा प्रान्तीय गभर्नर मौलावी मोहम्मद मोहसेन हाशिमीले बताउनु भएको छ । ती १३ जना लडाकू...
काभ्रे । मण्डनदेउपुर नगरपालिकाको वडा नं. १ ढाडागाउँमा एक दिने बृहत आखाँ शिविर हुने भएको छ ।
ढाडागाउँ सामुदायिक स्वास्थ्य केन्द्र र युवा नेत्र सेवाको सक्रियतामा मंसिर १७ गते बिहान १० बजेदेखि १ बजेसम्म निःशुल्क आँखा शिविरमा संचालन हुनेछ । सो शिविरमा बिशेषज्ञ डाक्टरहरुद्वारा जाँच गराई शिविरबाट छनोट भएकोलाई निःशुल्क मोतिबिन्दुको शल्यक्रिया समेत गरिदिने आयोजकले जानकारी दिएको छ...
काभ्रे । काभ्रेमा खसेको मत मध्ये ३२ हजार ४ सय ५५ मत बदर भएको छ । प्रत्यक्ष र समानुपातिक तर्फका सबै मतपत्रको कुल बदर मत ३२ हजार ४ सय ४५ रहेको छ । १ लाख ८७ हजार ३ सय ३० मत खसेकोमा ३.७ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।काभ्रेपलाञ्चोक जिल्लामा प्रतिनिधि सभामा २ वटा र प्रदेश...
दोलखा । दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार हालसम्म करिब १५ प्रतिशत मतदान भएको छ । मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।सो जिल्लाको वैतेश्वर गाउँपालिका-६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को...
सिराहा । सिराहाको दक्षिणवर्ती बरियापट्टी गाउँपालिकामा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। बिहीबार बिहान बरियारपट्टी गाउँपालिका-३ बजारदेखि ७०० मिटर पश्चिम र दक्षिणमा कपडामा पोकोपारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो।स्थानीय अधिकलाल यादव खेत गएको बेला बच्चा रोएको आवाज सुनेपछि उनले गाउँले र प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बरियापट्टीबाट पुगेको प्रहरी टोलीले नवजात शिशुलाई...
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ।छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ सय रुपैयाँ छ । हिजो प्रतितोला ९७ हजार एक...
अतरिया । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ ।धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो । उनी घरबाट विद्यालय जाँदै थिइन् । मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा...
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् ।नेपाल प्रेस युनियन चितवनले बिहीबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताएका हुन् ।‘गठबन्धनको बहुमत पुग्छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ,’ उनले भने, ‘म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो...
कावासोती । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो ।नगरपालिकाको आव २०७९-८० को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रममा आधारित रहेर सुत्केरीलाई भत्ता दिन सुरु गरिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए । नगरप्रमुख...
सुनसरी । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।कार्कीले ३० हजार ४८३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैतले ३० हजार ३७१ मत पाए ।कार्की ११२ मतान्तरले सांसद हुन सफल भएका हुन् । सुनसरी ४ को परिणामसँगै कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५५ सिट पुर्याएको छ।










