ढाडागाउँमा बृहत आखाँ शिविर संचालन हुने

97

काभ्रे । मण्डनदेउपुर नगरपालिकाको वडा नं. १ ढाडागाउँमा एक दिने बृहत आखाँ शिविर हुने भएको छ ।
ढाडागाउँ सामुदायिक स्वास्थ्य केन्द्र र युवा नेत्र सेवाको सक्रियतामा मंसिर १७ गते बिहान १० बजेदेखि १ बजेसम्म निःशुल्क आँखा शिविरमा संचालन हुनेछ । सो शिविरमा बिशेषज्ञ डाक्टरहरुद्वारा जाँच गराई शिविरबाट छनोट भएकोलाई निःशुल्क मोतिबिन्दुको शल्यक्रिया समेत गरिदिने आयोजकले जानकारी दिएको छ ।