तेह्र लडाकूद्वारा आत्मसमर्पण

25

एजेन्सी । अफगानिस्तानको पूर्वी भागमा पर्ने पन्जशिर प्रान्तमा १३ जना लडाकूले हतियारसहित स्थानीय अधिकारीसमक्ष आत्मसमर्पण गरेका प्रान्तीय प्रशासनले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लडाई त्यागेर आत्मसमर्पण गर्ने इस्लामिक स्टेट्स (आइएस) समूहका सबैका लागि ढोका खुला रहेको पञ्जशिरमा आयोजित एक स्वागत समारोहमा प्रान्तीय गभर्नर मौलावी मोहम्मद मोहसेन हाशिमीले बताउनु भएको छ । ती १३ जना लडाकू तालिबान प्रशासनविरुद्धको प्रतिरोधी समूहसँग सम्बन्धित रहेका जनाइएको छ ।