काभ्रेमा ३.७ प्रतिशत मत बदर

34

काभ्रे । काभ्रेमा खसेको मत मध्ये ३२ हजार ४ सय ५५ मत बदर भएको छ । प्रत्यक्ष र समानुपातिक तर्फका सबै मतपत्रको कुल बदर मत ३२ हजार ४ सय ४५ रहेको छ । १ लाख ८७ हजार ३ सय ३० मत खसेकोमा ३.७ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा प्रतिनिधि सभामा २ वटा र प्रदेश सभामा ४ वटा निर्वाचन क्षेत्र छन् । कुल मतदाता ३ लाख १० हजार ६३ मतदाता मध्ये १ लाख ८७ हजार ३ सय ३० मतदाता निर्वाचनमा सहभागि भएका थिए । यो कुल मतदाताको ६०.४० प्रतिशत हो । जसमा महिला ८६ हजार ४ सय ६२ सहभागि भएका थिए भने पुरुष १ लाख ८ हजार ६८ मतदाता सहभागि भएका थिए । पुरुष भन्दा महिला मतदाता कम सहभागि भएका थिए ।

प्रतिनिधि सभा १ को प्रदेश १ मा २१ हजार २ सय ८१ पुरुष र १५ हजार ८ सय ७ महिला गरी ३७ हजार ८८ मतदाता सहभागि भएका थिए । प्रदेश सभा २ मा २४ हजार ६ सय ९१ पुरुष र २२ हजार १ सय ६० मतदाता गरी ४६ हजार ८ सय ५१ मतदाता सहभागि भएका थिए । प्रतिनिधि सभामा ८३ हजार ९ सय ३९ मतदाता सहभागि भएका थिए । प्रतिनिधि सभा १ मा कुल खसेको मतमा प्रत्यक्ष तर्फ ४ हजार ४ सय २६ मत बदर भयो भने समानुपातिक तर्फ ३ हजार ७ सय २२ मत बदर भएको छ । प्रदेश १ मा प्रत्यक्ष तर्फ १ हजार ५ सय ८४ मत बदर भएको छ भने प्रदेश २ मा प्रत्यक्ष तर्फ १ हजार ४ सय ६३ मत बदर भएको छ । प्रदेश १ र २ को समानुपातिक तर्फ ४ हजार ८ सय ७२ मत बदर भएको छ ।