Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध !

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध !

5

काठमाडौं । १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउनबाट प्रतिबन्ध लगाउने घोषणा गरेको छ। बेलायत सरकारका प्रधानमन्त्री केयर स्टार्मरले आउने क्रिसमस अगाडि उक्त कानुनलाई पारित गरी सन् २०२७ देखि लागू गर्ने तयारी रहेको बिबिसीलाई बताएका छन्।
बालबच्चाहरू सामाजिक सञ्जालका कारण खुसी नभएको, अनलाइन दुर्व्यवहार र यसको डिजाइन लत लाग्ने खालको भएको उनको भनाइ छ। प्रतिबन्ध लगाएसँगै बालबच्चासँग धेरै समय, सुरक्षा र हुर्किनका लागि स्वतन्त्रता हुने उनले बताए।
‘सबै अभिभावक यही चाहन्छन्। उनीहरू आफ्ना छोराछोरीको भविष्य बेलायतमा अझ उज्यालो होस् र समान तथा न्यायपूर्ण अवसर प्राप्त गरून् भन्ने विश्वास गर्न चाहन्छन्,’ उनले भने। सरकारले बालबच्चाको सुरक्षा र खुशीको मामिलामा कुनै सम्झौता गर्ने पक्षमा नरहेको पनि बताएका छन्।