बढ्यो सुनको मूल्य

23

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ।

छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ सय रुपैयाँ छ । हिजो प्रतितोला ९७ हजार एक सय रुपैयाा थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर एक हजार तीन सय ३० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।