सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्की विजयी

95

सुनसरी । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

कार्कीले ३० हजार ४८३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैतले ३० हजार ३७१ मत पाए ।

कार्की ११२ मतान्तरले सांसद हुन सफल भएका हुन् । सुनसरी ४ को परिणामसँगै कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५५ सिट पुर्‍याएको छ।