काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाको माटोमा ६१ प्रतिशत माटोमा अम्लियपन भएको पाइएको छ । नगर क्षेत्रका चार सय ६१ कृषकको खेतबारीमा चार दिन लगाएर गरिएको माटो परीक्षणमा माटोमा अम्लियपन देखिएको हो । प्रदेश राजधानी हेटाँैडास्थित माटो तथा मल परीक्षण प्रयोगशाला तथा पनौती नगर कृषि तथा पशुपक्षी शाखाको संयुक्त आयोजनामा माटो परीक्षण गरिएको थियो ।प्रयोगशालाका विज्ञ डा. जनार्दन खड्काले पनौतीको माटोमा...
काठमाडौ, भारतको चेन्नईस्थित तमिलनाडुमा जारी अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले १२ स्वर्ण, ९ रजत र ४ काश्य पदक जितेको छ । चेन्नईकाे तमिलनाडु फिजिकल एजुकेशन तथा स्पोर्ट्स युनिभर्सिटीमा यही पुस १२ र १३ गते (डिसेम्बर २७, २८ तारिक)मा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगीतामा नेपालबाट १२ जना पुरुष र ३ जना महिला गरी १५ खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा नेपाली खेलाडी...
भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराउने भएको छ । भक्तपुरका विरामीले रगत तथा रक्ततत्व निःशुल्क पाउँन थालेका हुन् । रगत नपाए भक्तपुर जानु भन्ने अभियान चलाईरहेको रेडक्रस जिल्ला शाखाका मन्त्री परशुराम पाण्डे र सुर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाविच नगरपालिका भित्रका वासिन्दालाई निः शुल्क रगत उपलब्ध गराउने सम्झौता भएसँगै जिल्लाभरका रगत तथा...
काठमाडौं । रसुवा जिल्लाको उतरी भुभागस्थित आमाछोदिङमो गाउँपालिकाको स्तरिय चित्रकला प्रतियोगीता सम्पन्न भएको छ । थाम्बुचेतबजारको सरस्वती आधारभूत बिद्यालय प्राङ्गणमा पालिकाभित्रका स्तरीय चित्रकला प्रतियोगिता-२०७९ कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका ५ नं वडाका अध्यक्ष दावागोम्बो तामाङ 'रामदाइ'को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम भएको हो । कार्यक्रममा १२ विद्यालयका २२ विद्यार्थीले सहभागीता जनाएका छन् ।आधारभूत विद्यालय तर्फ लालिमाया तामाङ, हाकु माबी...
काठमाडौँ । भारतका स्टार क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार पन्त सवार कार शुक्रबार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा दुर्घटनाग्रस्त भएको हो ।दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ ।
काठमाडौँ । सरकारले विदेशबाट मोबाइल ल्याउन गरेको कडाइको विरोधमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ‘नो रेमिट्यान्स’ अभियान चलाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् ।अहिले यो ह्यासट्याग ट्रेन्डिङमा देखिन्छ । अर्थतन्त्र थला परेको बेला ‘नो रेमिट्यान्स’ अभियान चलाइएकोमा धेरैजसोले दुःख व्यक्त गर्दै सामाजिक सन्जालमार्फत् नै सरकारको ध्यानाकर्षण गराएका थिए ।नेपाल दूरसञ्चार...
विराटनगर । प्रदेश नं १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन्। उनी कुल १८ मत प्राप्त गरी विजयी भएका हुन्। थापाका निकटतम् प्रतिद्वन्द्वी प्रदेशसभा सदस्य केदार कार्कीले नौ तथा अमृत अर्यालले दुई मत प्राप्त गरे।निर्वाचन प्रक्रिया अनुरुप आज बिहान नौ बजेदेखि १० बजेसम्म मतदान भएको थियो। प्रदेश १ मा कांग्रेसको कुल २९ सदस्य रहेका...
काठमाडौं । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।नयाँ गर्न खोजिएको कडाइ लागू नगर्न र पुरानै चलिरहेको प्रक्रिया नै रहन दिन निर्देशन भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो...
काठमाडौँ । विश्व तथा ब्राजिली लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार राति ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।अस्पतालले पनि पेलेको निधन भएको पुष्टी गरेको छ । अस्पतालले पेलेको मल्टी अर्गान फेल भएका कारण निधन भएको जनाएको छ । पछिल्लो समय उनमा पेटको क्यान्सरका कारण उपचार प्रभावकारी हुन नसकेको जनाएको छ ।फुटबलमा...
काठमाडौँ । आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि नै बदली हुने छ ।हिमाली भू–भागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भू–भागमा साताको सुरू र मध्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बताइएको छ ।त्यस्तै हिमाली भू–भागमा साताको सुरू...









