आमाछोदिङमो गाउँपालिका स्तरिय चित्रकला प्रतियोगीता सम्पन्न

210

काठमाडौं । रसुवा जिल्लाको उतरी भुभागस्थित आमाछोदिङमो गाउँपालिकाको स्तरिय चित्रकला प्रतियोगीता सम्पन्न भएको छ । थाम्बुचेतबजारको सरस्वती आधारभूत बिद्यालय प्राङ्गणमा पालिकाभित्रका स्तरीय चित्रकला प्रतियोगिता-२०७९ कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका ५ नं वडाका अध्यक्ष दावागोम्बो तामाङ ‘रामदाइ’को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम भएको हो । कार्यक्रममा १२ विद्यालयका २२ विद्यार्थीले सहभागीता जनाएका छन् ।

आधारभूत विद्यालय तर्फ लालिमाया तामाङ, हाकु माबी प्रथम, रिसान तामाङ हाकुबेसी आबि द्वितीय, सन्जिता तामाङ पार्बतीकुण्ड माबी तृतीय भए । यसैगरी दिब्या तामाङ हिमालय इङलिस स्कुल  प्रथम, अनु तामाङ हाकुबेसी आधारभूत विद्यालय द्वितीय, रिना तामाङ हाकु माबी तृतीय भए । माध्यमिक तह तर्फ सुर्यबहादुर तामाङ नेपाल राष्ट्रिय माबी, तृतीयमा उमेश तामाङ हाकु माबी द्वितीय र प्रथम हुनेमा बिकास तामाङ, पार्बतीकुण्ड माबीका रहेका छन् । सान्त्वना पुरस्कार एलिना तामाङ, हिमालयन इङलिस स्कुलले प्राप्त गरेको छ । उत्कृष्ट तर्फ हाकु माबीका लाखीमाया तामाङको चित्रले प्राप्त गरिन् ।

निर्णायक मण्डलका मुख्य चित्रकार एवं राष्ट्रिय ललितकला नेपाल संघका अध्यक्ष दिपेन्द्र बनेपालीले यस्ता कार्यक्रमले कलाको माध्यमबाट समाजमा सकारात्मक सन्देश पुर्याउनु मुल उदेश्य रहेको बताए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमर जिसीको बिशेष आतिथ्यता र पालिका उपाध्यक्ष चण्डिका तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।