पुनर्योग पछि एसईईमा मित्रश्रीका अमिर लामाको ४ जीपीए

6

भक्तपुर । मित्रश्री पाठशाला दुवाकोटका छात्र अमिर लामाले ४ जीपीए ल्याएका छन् । विद्यालयका प्रीन्सिपल दिपक बहादुर बिष्टका अनुसार पुनर्योग (Retotaling) पश्चात् पूर्ण ४ जीपीए हासिल गरेका हुन् ।
केही समय अगाडी आएको नतिजामा उनले ३.९५ जीपिए ल्याएपछि छात्र लामाले पुनर्योगकोलागी राष्ट्रिय परिक्षा बोर्डमा निवेदन दिएका थिए ।

“उनले प्राप्त गरेको सफलताले विद्यालयको गौरव अझ उचो भएको छ, ” प्रीन्सिपल बिष्टले भने ।२१ जना विद्यार्थी सहभागी भएको एसईई परिक्षा २०८२ मा यस विद्यालयले शतप्रतिशत नतिजा प्राप्त गरेको छ ।

कक्षा ८ को परिक्षामा समेत विद्यालयले उत्कृष्ट नतिजा ल्याएको बिष्टले बताए । “हामी विद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक शिक्षामा अब्बल बनाउन सधै तत्पर छौं, हाम्रा अभिभावकहरुले दिनुभएको साथले अझै हौसला मिलेको छ, ” प्रीन्सिपल बिष्टले भने । विद्यालयले बीईई र एसईईमा सधै उत्कृष्ट नतिजा ल्याउदै आएको उनको भनाई छ ।