कार दुर्घटना, भारतीय क्रिकेटर ऋषभ घाइते

58

काठमाडौँ । भारतका स्टार क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार पन्त सवार कार शुक्रबार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ ।