काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको समृद्धिका लागि सामूहिक कार्य गर्ने संकल्पको आह्वान गरेका छन् ।इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका नेपालीलाई शुभकामना दिंदै प्रधानमन्त्री प्रचण्डले बृहत्तर समृद्धिका लागि सामूहिक कार्यको संकल्प गर्न आह्वान गरेका हुन् ।ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।
ममौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भू-भागमा...
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेशसभा भवनमा अछामबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिका प्रदेशसभा सदस्य गिता चौधरीले मातृभाषामा शपथग्रहण गरेका हुन् भने अन्य प्रदेशसभा सदस्यले नेपाली भाषामै शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।यसअघि शुक्रबार...
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पहुँचको दुरुपयोग गर्दै व्यक्तिगत कामका लागि राजनीतिक दलका नेताहरुकोमा नधाउने प्रहरी प्रशासनलाई चेतावनी दिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेर गृहमन्त्री लामिछानेले सरुवा, बढुवा लगायतका लागि नेताका घरमा धाएमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।लामिछानेले सरुवा, बढुवा सबै कार्यविधिमा रहेर मात्रै हुने स्पष्ट पारेका छन् । ‘सरुवा, बढुवा बाहिरबाट हुँदैन ।...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएयता पहिलोपटक शुक्रबार सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।उनी टुँडिखेलस्थित गुरुङ समुदायको तमु ल्होसार समारोहमा उपस्थित भए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो छोटो भनाइ राख्दै शुभकामना दिए ।पोडियमबाट आफ्नो भनाइ सकाएर मञ्चमा फर्किसकेका प्रधामन्त्री प्रचण्ड ‘दुईटा कुरा भन्न छुटाए छु’ भन्दै पुनः पोडियममै फर्किए ।उनले छुटाएका दुईवटा कुरा पनि भने ।
एजेन्सी । विगत २० वर्षमा विश्वभर करिब एक हजार ७०० पत्रकारमारिएका ‘रिपोर्टर्स विदाउट बोर्डर्स ९आरएसएफ०’ ले प्रकाशित गरेको एक अध्ययन रिपोर्टले देखाएको छ । सन् २००३ देखि २०२२ सम्मका दुई दशक ‘विशेषगरी सूचनाको अधिकारको सेवामा लागेकाहरूका लागि घातक दशक’ भएको पेरिसस्थित मिडिया अधिकारकर्मीहरूले बताएका छन् । आरएसएफका महासचिव क्रिस्टोफ डेलोयरले भन्नुभयो, “तथ्याङ्कका पछाडि आफ्नो जीवनको मूल्य चुकाएका, सूचना सङ्कलन,...
संक्षिप्त परिचय: काभ्रेपलाञ्चोक जिल्लामा भएका १३ गाउँपालिका मध्ये यस रोशी गाउँपालिका एक हो । यस गाउँपालिकाको पूर्बमा सुनकोशी गाउँपालिका (सिन्धुलि),पश्चिममा नमोबुद्ध नगरपालिका,उत्तरमा तिमाल गाउँपालिका र दक्षिणमा महाभारत र बेथानचोक गाउँपालिका रहेका छन्। यस गाउँपालिकाको कुल क्षेत्रफल १७६ वर्ग कि।मि रहेको छ र २०६८ को जनगणना अनुसार २८७४६ जनसङ्ख्या रहेको छ।नेपालको संविधानमाले व्यवस्था गरे बमोजिम यस गाउँपालिका एक स्वशासित र...
सुन्तला गाउँका रुपमा परिचय कमाएको बागलुङ नगरपालिका–८ सिगानाका अगुवा किसान अनन्तबहादुर खड्काले उत्पादन गरेको सुन्तला बजार पठाउनका लागि ग्रेडिङ गरिँदै । सिगानामा यस वर्ष तीन करोडको सुन्तला उत्पादन भएको छ । तस्बिर: खेमराज गौतम / रासस
कास्की । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ। यही पुस १७ गते अंग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् रूपमा सञ्चालनमा ल्याउन लागिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नेछन्।शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू,...
काठमाडौं । सरुवा-बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई कारबाही गर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताए ।
गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका उनले भने, ‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य...










