Wednesday, June 10, 2026
Home Blog Page 550
काठमाडौं । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ...
नकपुरधाम । नवनिर्वाचित मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ । गत पुस ११ गते भएको सर्वपक्षीय बैठक अनुसार नवनिर्वाचित प्रदेश सांसदहरुलाई आज दिउँसो २ बजे पद तथा गोपनियताको शपथ ग्रहणको लागि तालिका तय भएको थियो ।प्रदेश सांसदहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।जेष्ठ सदस्यको...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो ।हिजोमात्र बसेको सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो ।  सोही बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।  हाल मौसमको अवस्था (Present Weather Status) देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही तराईका केही भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  २०७९ पुस...
काठमाडौं । चार महिनापछि सेयर बजार परिसूचक नेप्से दुई हजार अंकको बिन्दु पार गरेको छ । ११ भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको छ ।साताको अन्तिम कारोबार दिन तथा सन् २०२२ को अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ५६.८८ अंक (२.८८ प्रतिशत)ले वृद्धि हुँदा २०२९.०३ अंकमा...
काठमाडौं । पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ हुन सकेन ।लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर हेर्न नभ्याइनेमा परेको छ ।नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया...
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् । बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन् ।सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ ।
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी दिएका हुन् । निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीका अनुसार दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्वव थापा र केदार कार्कीको उम्मेदवारी परेको हो । अर्याल सभापति शेरबहादुर देउवा...
काठमाडौं । हाम्रो शरिरको अंग मध्य ओठ पनि एक संवेदनशिल अंग हो । त्यसैले यसको हेरचाह पनि विशेष किसिमले गर्नुपर्छ । अझ गर्मी मौसममा भन्दा जाडोमा यसको हेरचाह विशेष हुन्छ । जाडोमा मौसम चिसो हुने हुँदा यसले हाम्रो शरीका छालालाई बढिमात्रामा सुख्खा बनाउँछ ।यसले छाला तथा ओठ अत्याधिक फुट्ने गर्छ । त्यसैले ओठ मोइस्चराइज हुन जरुरी छ । त्यसको...
काठमाडौं । कोरोना भाइरसको महामारी चीनमा फेरि देखिन थालेको छ । विश्वका अन्य देशमा समेत कोरोनाको अर्को लहर आउने प्रति सचेत हुन् विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । छिमेकी देश भारतमा हवाई यात्रा मार्फत देशमा आउने यात्रुहरुको चेक जाँच गर्न थालेको हो । २ दिनमा मात्रै ६ हवार हवाई यात्रुको कोरोना जाँच गरिएको भारतिय मिडियाहरुले जानकारी दिएका छन्...