Wednesday, June 10, 2026
Home Blog Page 547
पोखरा । बाक्लो हुस्सुका कारण आइतबार बिहान पोखरा विमानस्थलमा विमान अवतरण अवरुद्ध भएको छ । न्यून भिजिविलिटीका कारण यहाँ विमानको अवतरण सम्भव नभएको हो ।यती एयरलाइन्सको बिहान ६ः५५, बुद्ध एयरको ७ः३० र सौर्य एयरलाइन्सको बिहान ९ः५ बजेको विमान ‘डिले’ भएको विमानस्थल कार्यालयले जनाएको छ ।पोखरामा न्यून भिजिविलिटीका कारण अवतरण सम्भव नहुने भएकाले काठमाडौँबाट यहाँका लागि उडान नगरिएको हो ।...
मकवानपुर । बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ ।प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११औँ बैठक सुरु हुन लागेको हो । प्रदेशसभामा अहिले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा...
धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन्। आज बसेको संसदीय दलको नेतामा भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको हो।साथै माओवादीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने जिम्मा पनि बैठकले भट्टलाई दिएको छ। भट्ट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन्। यसअघि हिजोको बैठकमा सहमति हुन नसकेपछि आज दोस्रो दिन बैठक बसेको...
हेटौँडा । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशले पुस १८ गतेसम्म संसदीय दलको नेता छनोट गर्ने बताएको छ ।वागमती प्रदेशमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले दलको नेता छनोट गरिसकेका छन् ।पुस १८ को लागि प्रदेशसभाको पहिलो बैठक बोलाइएको अवस्थामा त्यो भन्दाअघि नै दलको नेता छनोट गर्ने तयारीमा समाजवादी छ ।आज स्थायी कमिटी बैठक बोलाइएको र भोलिसम्म दलको नेता चयन...
काठमाडौँ । आज अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिनका अवसरमा नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले...
काठमाडौं । इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आज आइतबारदेखि सुरू भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन् ।ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को बिदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन् ।इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । ईसापुर्व...
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।नयाँ वर्ष सन् २०२३ को उपलक्ष्यमा आज यहाँ जारी शुभकामना सन्देशमा उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताए । उनले सन्देशमा भनेका छन्, ‘एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाँदै छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन् ।प्रधानमन्त्री बिहान ११:०० बजे पोखरा पुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि कार्यक्रममा सहभागी हुँदै छन् । प्रमुख...
काठमाडाैँ । प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आइतबार बस्ने भएको छ। पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो।पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नेछन्। बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ। त्यस्तै, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुनेछ।
जनकपुरधाम । सिराहाका मिटर ब्याज घटना पीडितहरु आन्दोलन घोषणा गरेका छन् ।आफूहरुको मागप्रति सरकार वेवास्ता गरिरहेको भन्दै मधेश प्रदेश मिटर ब्याज घटनाका संघर्ष समितिले मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् ।आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार गोलबजारमा दबाबमूलक र्‍याली प्रदर्शन गर्ने उनीहरूले बताएका छन् । त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गरी सशक्त रुपले संघर्ष थाल्ने संघर्ष समितिका मधेश प्रदेश संयोजक मनोज...