पोखरामा विमान अवतरण अवरुद्ध

65

पोखरा । बाक्लो हुस्सुका कारण आइतबार बिहान पोखरा विमानस्थलमा विमान अवतरण अवरुद्ध भएको छ । न्यून भिजिविलिटीका कारण यहाँ विमानको अवतरण सम्भव नभएको हो ।

यती एयरलाइन्सको बिहान ६ः५५, बुद्ध एयरको ७ः३० र सौर्य एयरलाइन्सको बिहान ९ः५ बजेको विमान ‘डिले’ भएको विमानस्थल कार्यालयले जनाएको छ ।

पोखरामा न्यून भिजिविलिटीका कारण अवतरण सम्भव नहुने भएकाले काठमाडौँबाट यहाँका लागि उडान नगरिएको हो । सामान्य अवस्थामा विमान अवतरणका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, आइतबार बिहान पोखरामा २०० मिटर मात्र भिजिबिलिटी रहेको जनाइएको छ ।

पोखराबाट हुने विमानको उडान भने नियमित रहेको विमानस्थल कार्यालयले जनाएको छ ।