Thursday, October 1, 2026
Home राजनीति प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै

प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै

25

काठमाडाैँ । प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आइतबार बस्ने भएको छ। पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो।

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नेछन्। बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ। त्यस्तै, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुनेछ।