आजदेखि अंग्रजी नयाँ वर्ष २०२३ सुरू

51

काठमाडौं । इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आज आइतबारदेखि सुरू भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को बिदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । ईसापुर्व २०२२ बर्ष पहिले इराकको मेसोपोटामियाबाट नयाँ बर्ष मनाउने प्रचलन सुरू भएको मानिन्छ ।अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिनका अवसरमा नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ ।