एकीकृत समाजवादीले भोलिसम्म दलको नेता छान्ने

33

हेटौँडा । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशले पुस १८ गतेसम्म संसदीय दलको नेता छनोट गर्ने बताएको छ ।

वागमती प्रदेशमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले दलको नेता छनोट गरिसकेका छन् ।

पुस १८ को लागि प्रदेशसभाको पहिलो बैठक बोलाइएको अवस्थामा त्यो भन्दाअघि नै दलको नेता छनोट गर्ने तयारीमा समाजवादी छ ।

आज स्थायी कमिटी बैठक बोलाइएको र भोलिसम्म दलको नेता चयन हुने चितवन १ (१) बाट विजयी प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल शर्माले बताए ।