बीबीसी । पाकिस्तानसँग सम्बन्धित कयौं भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । धेरैजसो भिडियोमा मानिसहरु पिठो र खानाका लागि आपसमा झगडा गरिरहेका देख्न सकिन्छ । यी भिडियो क्लिप सामाजिक सञ्जालमा पाकिस्तानको आर्थिक अवस्था र बढ्दो महँगीको भयावह अवस्था देखाउनका लागि सेयर भइरहेको छ ।भिडियोमा केही विज्ञको भनाइ पनि भाइरल भइरहेको छ । एक यस्तै टिप्पणी अमेरिकाका डेलावेयर विश्वविद्यालयका...
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्तलाई १७ बर्ष पछि पक्राउ गरेको छ । प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं १ गैरिगाउँ बस्ने बर्ष ४० को 'सुकमान' भन्ने कान्छाराम तामाङ र बहादुर तामाङलाई पक्राउ गरेको हो ।सो समयमा उनीहरु चाँगुनारायण नगरपालिका वडा न ९ गणेश ईट्टा भट्टामा कान्छाराम पानी पाले र बहादुर तामाङ सोहि...
काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार दुई दिने भ्रमणका लागि नेपाल आउँदै छिन् । नेपालमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो उच्च तहको पहिलो भ्रमण हो ।उपमन्त्री नुल्याण्डले २८ जनवरीदेखि ३ फेब्रुअरीसम्म दक्षिण एसियाली मुलुकहरू नेपाल, भारत, श्रीलङ्का र...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । १३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए । रवि नागरिकताका लागि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा छन्...
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानका ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग गरेका छन् ।कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्का छन् ।राजीनामा माग्ने केन्द्रिय सदस्यहरूमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी...
जनकपुर । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन्।ठाकुरले आज आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रका समक्ष उच्च अदालत जनकपुरका कामु न्यायाधीश गुनराज ढुङ्गेलबाट शपथ लिएका हुन्।मुख्य न्यायाधिवक्ता ठाकुर मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा नियुक्त भएका हुन्।
लस एञ्जलस । अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ । शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा परेर तीन जनाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् । लस एञ्जलसको छिमेकी बेभरली क्रेस्ट क्षेत्रमा भएको शनिबार बिहानीपख सो गोलीकाण्ड भएको थियो । गोली प्रहारमा परेर मारिनेमा दुई जना पुरुष र एक महिला छन्...
काठमाडौँ । अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने कम्पनी कारबाहीमा पर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आइतबार एक सूचना जारी गर्दै अनुमतिबिना वस्तुको विनिमय बजार सञ्चालन गरे कारबाही गर्ने जनाएको छ ।“वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको र...
काठमाडौँ । गुल्मीमा एक जना महिलाको शव फेला परेको छ। आइतबार बिहान मुसिकोट नगरपालिका-७ स्थित एक घरभित्र महिलाको शव फेला परेको हो।अन्दाजी ५७ वर्षीया गङ्गादेवी शेरचन मृत अवस्थामा फेला परेकी हुन्। उनको हात-खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन राना भाटले जानकारी दिए। घटना शङ्कास्पद रहेको भन्दै एसपीसहितको टोली घटनास्थलतर्फ लागेको छ। घरमा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी घेराबन्दी गरेको आरोप लगाएका छन् ।उनले स्थायी कमिटीको जारी बैठकमा दुई दिनसम्म यही विषय दोहोर्याएको एक पदाधिकारीले जानकारी दिए । बिहीबार बसेको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका थिएसंसद् विघटनको विषय संसद् प्रवेश गराएर...










