उपविदेशमन्त्री आज नेपाल आउँदै

112

काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार दुई दिने भ्रमणका लागि नेपाल आउँदै छिन् । नेपालमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो उच्च तहको पहिलो भ्रमण हो ।

उपमन्त्री नुल्याण्डले २८ जनवरीदेखि ३ फेब्रुअरीसम्म दक्षिण एसियाली मुलुकहरू नेपाल, भारत, श्रीलङ्का र कतारको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । सोही क्रममा उनी आइतबार नेपाल आइपुग्ने कार्यतालिका छन् । विदेश मन्त्रालयका अनुसार नेपाल भ्रमणका क्रममा उनले यहाँको नवगठित सरकारसँग द्विपक्षीय साझेदारीका वृहत् विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । नुल्याण्डले प्रधानमन्त्री प्रचण्ड र विभिन्न पार्टीका प्रमुखसँग भेट गर्नेछिन् । यसपछि लगत्तै अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगकी प्रमुख सामन्था पावर पनि ५ फेब्रुअरीदेखि नेपाल भ्रमणमा आउने तय भएको जनाइएको छ ।