काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।पछिल्लो समय मेयर साहविरुद्धको जनमत बढ्न थालेको छ । आइतबार मात्रै काठमाडौँमा उनीविरुद्ध आन्दोलन भएको थियो । गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । माघ १२ गतेदेखि सुरु भएको स्थायी समिति बैठक सोमबार पनि पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।बैठकले राष्ट्रपति चयनबारे पार्टीको धारणासहित विविध विषयमा निर्णय लिइने बताइएको छ । माओवादीको बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिँदै आएको छ ।
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)
हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक...
काठमाडौँ । पत्रकार महासङ्घले सरकारले गरेको सूचनाको वर्गीकरणको निर्णय फिर्ता लिन माग गरेको छ । सरकारले सूचनाको हकसम्बन्धी ऐन, २०६४ लाई प्राय निष्क्रिय पार्नेगरी ८७ प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण गरेको निर्णय फिर्ता लिन माग गरेको हो ।“नयाँ सरकार बन्ने संक्रमणकालीन समयमा विषय विज्ञ र सरोकारवाला निकायलाई थाहै नदिइ नेपाल सरकारको मुख्य सचिवको अध्यक्षतामा रहने सूचना वर्गीकरण...
पोखरा । पोखरामा आइतबार शरिरमा आफैंले आगो लगाएको घटना रहस्यमय देखिएको छ । यो घटनाप्रति दुबैजनाको परिवार आश्चर्यमा परेका छन् । पोखरा महानगरपालिका-१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरधनी संगीता सापकोटा जलेका हुन् ।कृष्णबहादुरकी श्रीमती र संगीताका श्रीमान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छन् । घटनाबारे अनेक अड्कलबाजी भए पनि ठ्याक्कै यकीन...
मुम्बई — चलचित्र ‘पठान’ ले ३ दिनमा विश्वभरबाट ३ सय करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । शाहरूख खान, दीपिका पादुकोण अभिनीत योसँगै फिल्म सबैभन्दा छोटो समयमा ३ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ । यशराज फिल्म्सका अनुसार हिन्दी भर्सनले रिलिजको तेस्रो दिन ३८ करोड भारतीय रुपैयाँ कमाएको हो । अन्य भाषाबाट १ करोड २५...
Rabi Lamichhane has reacquired his Nepali citizenship certificate. The District Administration Office, Kathmandu today issued the certificate to him acting on an application he filed for reacquiring his Nepali citizenship card, said assistant Chief District Officer Devi Pandey Khatri. Lamichhane reached the office at 11:30 am and left at around 2:15 pm with his citizenship card. On Friday, the...
काभ्रेपलाञ्चोक । पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्न अनुमति दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङका लागि अनुमति दिएको हो ।प्राधिकरणले उक्त स्थानमा यही माघ महिनादेखि प्याराग्लाइडिङ सञ्चालन गर्न पाउने गरी अनुमति दिएकाले व्यावसायिक उडान गर्ने तयारी भइरहेको प्रालिका अध्यक्ष छविलाल हुमागार्इंले बताउनुभयो । “मन्त्रालयबाट गत पुस २८ गते व्यावसायिकरुपमा...
काठमाडौँको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३-०१-००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौँ महानगरपालिका-२४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनी बज्राचार्यको मृत्यु भएको हो ।दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बज्राचार्यको महमोहन अस्पताल स्वयम्भूमा उपचारका क्रममा गएराति मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी...
काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको बताए।उनले नागरिकता ऐनको दफा ११, नियमावलीको ११ बमोजिमका कागजात लअनुसार ‘नागरिकता पुन कायम भएको छ।नागरिकता नियमावली २०६३ को दफा ११ मा पुन: नेपाली नागरिकता कायम गर्नेसम्बन्धी व्यवस्था छ।










