Sunday, September 27, 2026
Home समाचार हात-खुट्टा बाँधिएको अवस्थामा शव फेला

हात-खुट्टा बाँधिएको अवस्थामा शव फेला

64

काठमाडौँ । गुल्मीमा एक जना महिलाको शव फेला परेको छ। आइतबार बिहान मुसिकोट नगरपालिका-७ स्थित एक घरभित्र महिलाको शव फेला परेको हो।

अन्दाजी ५७ वर्षीया गङ्गादेवी शेरचन मृत अवस्थामा फेला परेकी हुन्।  उनको हात-खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन राना भाटले जानकारी दिए। घटना शङ्कास्पद रहेको भन्दै एसपीसहितको टोली घटनास्थलतर्फ लागेको छ।  घरमा महिला एक्लै बस्ने गरेको बताइएको छ । ती महिलाले सोही घरमा चिया पसल सञ्चालन गर्दै आएकी थिइन्।