Friday, October 16, 2026
Home समाचार हत्या गरेको आरोपमा मण्डनदेउपुर–१ गैरीगाउँका दुई जना पक्राउ

हत्या गरेको आरोपमा मण्डनदेउपुर–१ गैरीगाउँका दुई जना पक्राउ

815

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्तलाई १७ बर्ष पछि पक्राउ गरेको छ । प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं १ गैरिगाउँ बस्ने बर्ष ४० को ‘सुकमान’ भन्ने कान्छाराम तामाङ र बहादुर तामाङलाई पक्राउ गरेको हो ।

सो समयमा उनीहरु चाँगुनारायण नगरपालिका वडा न ९ गणेश ईट्टा भट्टामा कान्छाराम पानी पाले र बहादुर तामाङ सोहि भट्टाको गाडी चलाउने काम गर्ने गरेका थिए । २०६२ साल माघ ३० गते चाँगुनारायण नगरपालिकाको ताथलीमा रहेको गणेश ईट्टा भट्टा नजिकै रहेको कुलो छेउमा रोल्पा घर भई सोही ईट्टा भट्टामा काम गर्ने बर्ष ४१ को कृष्ण योगीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेका अनुसार दुई जना मिलि शरिरको विभिन्न भागमा चक्कु तथा लौरो प्रहार गरी हत्या गरी छोडी हाल सम्म फरार रहेका थिए ।

घटनामा संलग्न निम्न अभियुक्तहरुलाई खोजतलास गर्ने क्रममा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य भईरहेको जानकारी दिएको छ ।