काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठनको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २, ३ र ४ गते काठमाडौंमा हुदैंछ । त्यसकालागि विभिन्न समिति बनाएर काम हुदैंछ । महाधिवेशनको प्रचार विभागका उपसंयोजक रहनु भएका जयराम बास्तोलाले उस पटक प्रचारकोलागि नयाँ र आधुनिक प्रणालीलाई अगाडी बढाउनु भयो । नयाँ नेपाल न्यूजसंग कुरा गर्दै बास्तोलाले भन्नु भयो “सूचना प्रविधिलाई भरपुर प्रयोग गर्दै...
गण्डकी । गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि २०७८ माघदेखि २०७९ पुससम्ममा गरिएका काम कारबाहीबाट १६ करोड ४३ लाख ५३ हजार राजस्व संकलन भएको छ । सो अवधिमा दुई लाख २५ हजार पाँच सय ६३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको गगनगौडास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता प्रनाउ इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।...
भक्तपुर । रमेश बुढाथोकी जनप्रतिनिधी हुनभन्दा अगाडीपनि समाज सेवा सक्रिय व्यक्ति हुनुहुन्थ्यो । उहाँ पेसाले व्यवसायी भएपनि समाजका हरेक कार्यमा सधै सक्रिय हुर्दै आउनु भएको थियो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा उहाँ नेकपा एमालेको तर्फबाट चाँगुनारायण नगरपालिकाका उपप्रमुख पदमा बिजयी हुनुभयो ।
बिजयी भएर सपथ लिएकै दिन बुढाथोकीले एउटा बाचा गर्नुभएको थियो मैले पाउने सुविधाको गाडी बिरामी बोक्न दिनेछु,...
भक्तपुर । भक्तपुरमा केही दिन अगाडी मात्रै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी (सिडीओ) खगेन्द्र प्रसाद रिजालले जिल्लाका पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम आयोजना गर्नु भएको छ । सोमबार कार्यालयमा ओयोजिज कार्यक्रममा भक्तपुरमा सक्रिय पत्रकारहरुले प्रजिअलाई विभिन्न विषयमा सुझाव दिएका छन् । शनिबार र अन्य बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गरेर घुम्न हिड्नेको संख्या धेरै भएकाले सोको नियन्त्रण गर्नु...
काठमाडौँ । ललितपुर महानगरपालिकाका विभिन्न वडाका महिला सदस्यहरूले सर्वसाधारणको अपेक्षा र आफ्नो जिम्मेवारी पुरा गर्न वडामा बजेट र काम गर्ने वातावरण पनि तयार पार्नुपर्नेमा जोड दिएका छन् । लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालवालिकाहरुको रक्षा सुरक्षा र सशक्तिकरणको क्षेत्रमा विगत ३ दशक देखि क्रियाशिल साथी संस्था र ललितपुर महानगरपालिकाद्वारा संयुक्तरुपमा आइतवार राजधानीमा स्थानिय तहमा महिला वडा सदस्यहरूको अर्थपूर्ण सहभागिताको...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले शिष्टाचार भेटवार्ता गरेका छन्।भेटमा दुई देशको ऐतिहासिक सम्बन्धलाई असल छिमेकीका रूपमा अझै प्रगाढ बनाउने, निर्माण र पूर्वाधार अवस्था एवं सम्भावनाबारे महत्त्वपूर्ण छलफल भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठको विभिन्न चासो र सरोकारलाई राजदूत सोङ्गले बिस्तारमा जवाफ दिए।त्यस क्रममा राजदूत सोङ्गले टोखा छहरे...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ।समितिकाअनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अंगुर १५० रुपैयाँ, अदुवा ९०, नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु र स्थानीय काउली...
न्युयोर्क । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ ।इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लागि पहिलो अडिसनको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार राति अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा उद्घाटन गरेका छन् ।अमेरिका...
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ अभियुक्त फरार भएका छन् । राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।डीएसपी क्षेत्रीका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र दुई जनासहित ६ जना हिरासतमा थिए । उनीरुको तीव्र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ...
काठमाडौँ । प्रहरीको गोली लागेर घाइते भएका भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । आइतबार दिउँसो एक सार्वजनिक कार्यक्रममा जाने क्रममा दासमाथि एक प्रहरीले गोली हानेका थिए । गोली लागे लगत्तै उनलाई हवाई एम्बुलेन्समार्फत उपचारका लागि भुवनेश्वरस्थित एक निजी अस्पताल लगिएको थियो । चिकित्सकहरूले स्वास्थ्यमन्त्री दासलाई बचाउन कोसिस गरे पनि असफल भएको बताएका छन् ।भारतका प्रधानमन्त्री...










