Wednesday, October 7, 2026
Home अर्थ यस्ताे छ तरकारी/फलफूलको मूल्य

यस्ताे छ तरकारी/फलफूलको मूल्य

28

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ।

समितिकाअनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अंगुर १५० रुपैयाँ, अदुवा ९०, नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु र स्थानीय काउली २० रुपैयाँ, कागती ११० रुपैयाँ, किवी र अकबरे खुर्सानी ३०० रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी १८ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, टनेल सानो गोलभेँडा १० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ, कन्य च्याउ  १०० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज ११० र हरियो धनियाँ ८० रुपैयाँ रहेको छ ।