तलब भत्ताको रकम समाजसेवा समर्पित गर्ने एक उपप्रमुख

175

भक्तपुर । रमेश बुढाथोकी जनप्रतिनिधी हुनभन्दा अगाडीपनि समाज सेवा सक्रिय व्यक्ति हुनुहुन्थ्यो । उहाँ पेसाले व्यवसायी भएपनि समाजका हरेक कार्यमा सधै सक्रिय हुर्दै आउनु भएको थियो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा उहाँ नेकपा एमालेको तर्फबाट चाँगुनारायण नगरपालिकाका उपप्रमुख पदमा बिजयी हुनुभयो ।
बिजयी भएर सपथ लिएकै दिन बुढाथोकीले एउटा बाचा गर्नुभएको थियो मैले पाउने सुविधाको गाडी बिरामी बोक्न दिनेछु, तलब भत्ता सामाजिक कार्यमा खर्च गर्नेछु ।

सो अनुसार बुढाथोकीले चाँगुनारायण नगरपालिकाको वडा नं ६ नगरकोट स्थित तौथली आधारभूत बिद्यालयमा अध्ययनरत ४० जना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गर्नु भएको छ । पहिलो पटक उहाँले वडा नं. ६ कै गडगडे आधारभुत बिद्यालय र चाँगुकै वडा नं २ को आजाद माविका बालबालिकाहरुलाई ट्र्याक सुट लगायतको सामाग्री बितरण गर्नु भएको थियो । आफ्नो कार्यकाल भरि प्राप्त गर्ने सेवा सुविधा सबै समाजको हितमा प्रयोग गर्नेछु, बुढाथोकीले भन्नु भयो ।