काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिबद्ध रहेको बताएका छन् ।नेपाल–भारत मैत्री युवा सङ्घ केन्द्रीय समितिले शुक्रवार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न लागिपरेको बताए । जनकपुर-जयनगर रेल सेवा विस्तार...
काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज (शुक्रबार) दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको हो ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ । बैठकमा पार्टीको आन्तरिक गतिविधि, सरकार सञ्चालनमा पार्टीको भूमिका, पार्टीका नेताको जिम्मेवारी...
काठमाडौँ। प्रदेश सांसद केशव राय चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रभु साहको टिमबाट चौधरी रौतहट क्षेत्र ३ (क) बाट निर्वाचित प्रदेश सांसदमा निर्वाचित भएका थिए ।मधेस प्रदेशको राजधानी जनकपुरमा शुक्रबार एक समारोहका बीच नेकपा एमालेका केन्द्रीय सदस्य, मधेस प्रदेशका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार मन्त्री सरोज यादवको पहलमा चौधरीलाई एमाले पार्टीको सदस्यतासहित टीका लगाएर पार्टी प्रवेश...
भक्तपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मिति २०७९/१०/१५ गते देखि २०७९/१०/२० सम्म बागीश्वरी माध्यमिक विद्यालय, च्यामासिंहको सभाहलमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको हो । सो कार्याक्रममा भक्तपुर जिल्लामा संचालनरत सामुदायिक विद्यालयका तर्फबाट बागीश्वरी माध्यमिक विद्यालय, च्यामासिंह र संस्थागत विद्यालयका तर्फबाट मनकामना सेकेण्डरी स्कुल, कमलबिनायकका...
काठमाडौँ । पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा छन् । मङ्गलवारदेखि कटवाललाई आइसियुमा राखेर उपचार भइरहेको सैनिक प्रवक्ता (सहायक रथी) कृष्णप्रसाद भण्डारीले बताए ।मिर्गौलाको समस्याका कारण उनले नियमित डायलासीस गराउँदै आएका थिए । डायलासीसको क्रममा भर्ना गर्नुपर्ने देखिएपछि चिकित्सकहरूले उनलाई अस्पतालमै राख्ने निर्णय गरेका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले २०६५ मा उनलाई बर्खास्त गर्ने...
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमाले सम्मिलित वर्तमान सरकारमा आफूहरू सहभागी नहुने बताएका छन्।बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस गृह राज्यमन्त्री मात्रै पाए पनि सरकारमा आउने भन्दै दिएको अभिव्यक्तिको प्रतिवाद गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन्। उनले यस्ता भ्रमबाट मुक्त हुन आग्रहसमेत गरेका छन्।खड्काले भनेका छन्, ‘नबोलूँ भनेको फेरि बोल्नैपर्ने भयो। एमाले सम्मिलित वर्तमान सरकारमा...
काठमाडौँ । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गरेका छन्।मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौँको एक होटलमा भेट जारी छ। मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै छन्।३ दिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ।
काठमाडौँ । संसदीय प्रक्रिया र अभ्याससम्बन्धी अभिमुखीकरणको दोस्रो दिनको कार्यक्रम सुरु भएको छ ।प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्न संसद भवन बानेश्वरमा आयोजित दोस्रो दिनको कार्यक्रममा पूर्वअर्थमन्त्री ड। युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण प्रक्रिया, आर्थिक कार्यविधि र संसद्को भूमिका विषयमा धारणा राखिरहेका छन् ।पहिलो दिनको कार्यक्रममा संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङ लगायतले प्रशिक्षण दिएका थिए ।
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्धाको पुर्पक्ष हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा महान्यायाधिवक्ता कार्यालयले गरेको पुनरावेदनको पेशी शुक्रबार न्यायाधीश हरि फुयाँलको एकल इजलासमा परेको छ।फुयाँलको एकल इजलासका लागि तोकिएको पेशी सूचीमा दोस्रो नम्बरमै सन्दीपविरुद्धको पुनरावेदन छ। बहस भएको अवस्थामा सम्भवत कैफियत प्रतिवेदन झिकाउने आदेश सक्ने छ।
काठमाडौँ । हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्यमा शुक्रवार एकै दिन १४ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्दै १ लाख ६ हजार १ सय रुपैयाँमा झरेको हो ।यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै...










