Wednesday, October 7, 2026
Home राजनीति एमाले बसेको सरकारमा काँग्रेस मिसिँदैन

एमाले बसेको सरकारमा काँग्रेस मिसिँदैन

53

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमाले सम्मिलित वर्तमान सरकारमा आफूहरू सहभागी नहुने बताएका छन्।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस गृह राज्यमन्त्री मात्रै पाए पनि सरकारमा आउने भन्दै दिएको अभिव्यक्तिको प्रतिवाद गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन्। उनले यस्ता भ्रमबाट मुक्त हुन आग्रहसमेत गरेका छन्।

खड्काले भनेका छन्, ‘नबोलूँ भनेको फेरि बोल्नैपर्ने भयो। एमाले सम्मिलित वर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी हुने भन्ने कुरा सञ्चारमाध्यममा जहाँ जसरी सम्प्रेषण भएको भए पनि यो सम्भव छैन। काँग्रेस सहभागी हुँदैन। सबै ढुक्क हुनुस्, यस्ता सबै खाले भ्रमबाट हामी सबै सम्बन्धितहरू मुक्त हुन जरुरी छ।’