विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

152

भक्तपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मिति २०७९/१०/१५ गते देखि २०७९/१०/२० सम्म बागीश्वरी माध्यमिक विद्यालय, च्यामासिंहको सभाहलमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको हो । सो कार्याक्रममा भक्तपुर जिल्लामा संचालनरत सामुदायिक विद्यालयका तर्फबाट बागीश्वरी माध्यमिक विद्यालय, च्यामासिंह र संस्थागत विद्यालयका तर्फबाट मनकामना सेकेण्डरी स्कुल, कमलबिनायकका शिक्षक, बिद्यार्थीहरु तथा विद्यालय नर्श सहभागी भएका थिए । कार्यक्रममा प्रत्येक बिद्यालयका तर्फबाट ३/३ जना छात्र र छात्रा, स्वास्थ्य तथा शारीरिक शिक्षा विषयका बिषय शिक्षक १\१ जना र विद्यालय नर्श १\१ जना गरी जम्मा १६ जना सहभागी भएका थिए ।कार्यक्रममा योग प्रशिक्षक जानुका भट्टराईले योग प्रशिक्षण गराएका थिए भने योग, आयुर्वेद, स्वस्थकर जीवनशैली, भान्सा तथा घर वरिपरीका जडिबुटिहरु आदि बिषयमा सैद्धान्तिक कक्षाहरु पनि संचालन गरिएको थियो । विद्यालयस्तर देखि नै योग, आयुर्वेद तथा स्वस्थकर जीवनशैली अवलम्बन गर्न सकेमा बढ्दै गईरहेको नसर्ने रोगहरुको प्रकोप कम गर्ने सघाउ पुग्ने र त्यसका लागि विद्यार्थी, बिषय शिक्षक तथा विद्यालय नर्शलाई सम्बन्धित बिषयहरुमा अभिमुखिकरण गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका कार्यालय प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले बताए ।