माओवादी स्थायी कमिटी बैठक स्थगित

47

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज (शुक्रबार) दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको हो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ । बैठकमा पार्टीको आन्तरिक गतिविधि, सरकार सञ्चालनमा पार्टीको भूमिका, पार्टीका नेताको जिम्मेवारी हेरफेरलगायतका विषयमा छलफल हुने जनाइएको थियो।

बिहीबार पनि स्थायी कमिटी बैठक बसेको थियो । तर, बैठकमा गृहमन्त्रीको विषयमा छलफल भएपछि आजसम्मका लागि रोकिएको थियो ।