काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को काँधमा ५ वटा मन्त्रालयको जिम्मेवारी परेको छ । सोमवार रिक्त रहेको थप २ मन्त्रालयको कामकाज थपिएसँगै उनको काँधमा ५ वटा मन्त्रालय परेको हो ।आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू शिक्षामन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमाका कार्कीले पदबाट राजीनामा दिएका थिए ।रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको...
भक्तपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धन कसरी टिकाउने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताउनु भयो । आज रफत सञ्चार क्लब भक्तपुरको १३ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमति अनुसार कार्यान्वयन गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको हो । प्रधानमन्त्री दाहाललाई सुझाब दिन्छु भन्दै ज्ञवालीले भन्नुभयो, “कुन र कस्तो कठिन अबस्थामा...
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको बताउनु भएको हो ।आज रफत सञ्चार क्लब भक्तपुरको १३ औ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममान बोल्दै उहाँले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहि नभएको चलन काँग्रेसले ल्याएको बताउनु भएको हो ।बिजुक्छेँले भन्नुभयो, “प्रमुख प्रतिपक्ष दलले कहिल्य सरकारलाई समर्थन गर्दैन, प्रमुख प्रतिपक्ष दल...
काठमाडौँ । वैज्ञानिक तवरले निजामती कर्मचारीहरूको तलब सुविधा पुनरावलोकन एवं समायोजनको माग गर्दै नेपाल निजामती कर्मचारी युनियनले उच्चस्तरीय तलब सुविधा आयोगमा राय सुझाव सहितको प्रतिवेदन बुझाएको छ ।तलब निर्धारणका आधारभूत सिद्धान्त, विश्वव्यापी मूल्यमान्यता, न्यून तलब हुँदा पर्ने नकारात्मक प्रभाव, विगतमा गठन भएका तलब आयोगहरूका प्रतिवेदनको विश्लेषण गर्दै तलब तथा सुविधाको पुनरवलोकनका लागि विभिन्न सुझाव समावेश गरी तयार गरिएको प्रतिवेदन...
काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीलाई ६१ बुँदे निर्देशन दिएका छन् । माघ १७ गते शर्माले निर्देशनको खाका नै तयार गरेर सार्वजनिक गरेका छन् ।६१ बुँदे निर्देशनमा सरकारको वर्तमान भौतिक, वित्तीय प्रगति र राजश्वको आम्दानीको अवस्था दयनीय भएकाले लक्ष्य अनुसार प्राप्ति हासिल गर्न चुनौतीको विषय रहेको उल्लेख गरिएको छ । चुनौतीलाई सामना...
काठमाडौँ । काठमाडौँको शाली नदीमा लागेको माधवनारायण मेलामा एक करोड दुई लाख ४४ हजार सहयोग सङ्कलन भएको छ ।गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला) को अन्तिम दिन आइतबारसम्म उक्त रकम सहयोग स्वरूप सङ्कलन भएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।गत वर्ष कोरोनाका कारण भक्तजनका सङ्ख्या कम हुँदा सहयोग...
काठमाडौँ । नुवाकोटको विदुर नगरपालिकाले हिउँदे बैठकले केही योजनाका बजेट रकमान्तर गर्दै बजेट घटबढ गरेको छ । नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न १२ औँ नगर सभामा उपप्रमुख प्रभा बोगटीले पेस गरेको चालु आर्थिक वर्षको योजना तथा बजेटको ‘कार्यक्रम तथा बजेटको संशोधन तथा रकमान्तर विधेयक’ सर्वसम्मत पारित गरेसँगै तीनसय ३७ योजनामा बजेटको आकार परिवर्तन गरिएको हो ।सो विधेयकमा यसअघि कार्यान्वयनका...
काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित भएकी छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली...
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अभिव्यक्तिमाथि जाँच गर्नुपर्ने बताएका छन्।आइतबार पत्रकार सम्मेलन गरी रास्वपाका सभापति लामिछानेले सञ्चार माध्यम र पत्रकारमाथि गालीगलौज गरेका थिए । त्यसलाई लक्षित गर्दै रावलले ट्वीटरमा लामिछानेले आलोचना नसुनेर गालीगलौजमा उत्रिएर ठिक नगरको बताए ।नेता रावलले भने, ‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनताप्रति इमान्दार, तथ्यबाट...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान तीन मन्त्रीले गर्न लागिएको पत्रकार सम्मेलन रोकिएको छ । सोमबार केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गर्ने पूर्व निर्धारित कार्यक्रम रोकिएको हो ।पत्रकार स्थगित गर्नुको कारण भने खुलाइएको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले पत्रकार...










