काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उनले सक्षम र व्यावसायिकरूपमा यस सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए ।प्रधानमन्त्री दाहालले सरकारी वकिलका लागि छुट्टै पारिश्रमिक सेवासम्बन्धी कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री कार्यालयमा सरकारी वकिलको एकाइ राख्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने बताए । महान्यायाधिवक्ता कार्यालय...
महोत्तरी । महोत्तरीस्थित गौशाला नगरपालिकामा पिउने पानीको चरम समस्या भएको छ। स्थानीयवासी पाँच दिनदेखि धमिलो पानी पिउन बाध्य भएका छन्। बोरिङको सतह फुटेपछि करिब चार सय घरधुरी सफा पिउने पानीबाट वञ्चित भएका हुन्।पाँच दिनदेखि वडा न.१२ को कान्तिबजार, नयाँ टोल, परहडिया, पुरानो कान्तिबजारलगायतका स्थानीयवासीहरु धमिलो र दूषित पानी पिउन बाध्य भएका स्थानीय हृदय सिंह कुशवाहाले जानकारी दिए।आइतबारकबाट नगरपालिकाले पिउने...
काठमाडौँ । नागरिकता, संक्रमणकालीन न्याय, विकास तथा सुशासनसँग सम्बन्धित विधेयक संसद्मा लैजानबारे प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको राजनीतिका दलका नेता र सचेतकहरूको बैठकमा समझदारी बनेको छ । प्रधानमन्त्री दाहालले सोमबार बिहान बालुवाटारमा संसद्को बिजनेस र विधेयक अगाडि बढाउनेबारे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र नेताहरूसँग छलफल गरेका थिए ।माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्लाई व्यवस्थित गर्ने र...
काठमाडौँ । सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा २ हजार रुपैयाँले घटेको सुनको मूल्य आज फेरि ५ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य आज तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ तोकेको छ । हिजो १ लाख ४ हजार १ सय रुपैयाँ थियो । गएको बिहीवार मूल्य बढेर...
काठमाडौँ । प्रि-ओपन सेसनमा सोमबार सेयर बजार सामान्य अंकले बढेको छयो सेसनमा नेप्से परिसूचक ०.२४ अंकले बढेर २०९६.३२ विन्दुमा आएको छ । यससँगै ७ कम्पनीको ४०७ कित्ता सेयर खरिद बिक्री हुँदा २ लाख ९३ हजार १६२ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ ।यता, १३ उपसूचकहरू मध्ये २...
काठमाडौँ। आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।बैठकमा मन्त्रालयका नियमित एजेन्डाका साथै सुरक्षा अधिकारीहरूको बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ ।
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ।जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार, किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, अदुवा ९०...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पछि नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक २९ माघमा सुरु हुने भएको छ । गत ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरणबारे बैठकका मुख्य अजेन्डा हुने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले मन्त्री पदबाट दिएको राजीनामा राष्ट्रपति कार्यालयमा पुगेको छ।रास्वपाका नेताहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोरप्रसाद अर्याल साथै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्कीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका थिए।पार्टीको निर्णय बमोजिम प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाए पछि उनीहरूको राजीनामा पत्र राष्ट्रपति कार्यालय...
काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन्।आइतबार सरकारबाट बाहिरिएसँगै गरिएको पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले केही सञ्चार माध्यम सम्पादकहरुमाथि लगाएका आरोपबारेसम्बन्धित व्यक्तिले नै जवाफ दिनुपर्ने बताएका छन्।उनले रविले निष्फिक्री बोलेको भन्दै प्रतिरक्षा र जबाफदेहिता अरूको काम भएको भन्दै प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताएका छन्।सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,...










