काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौँ महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ । यसअघि महानगरपालिका, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा सम्पन्न सम्झौतामा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले हस्ताक्षर गरेका थिए ।बत्ती जडान गर्न ११ करोड ९९ लाख...
काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ १० बजे हुने भएको छ ।संसद् सचिवालयका अनुसार शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको शपथ गराउने छिन् ।शपथ लगत्तै संसद् सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको छ ।परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन् ।चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय त्रिवि कार्यकारी परिषदले गरिसकेको छ...
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव गर्दै पत्र पठाएको छ। सोमबार पार्टीको तर्फबाट वार्ता समितिका संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठद्वारा प्रेषित पत्रमा ‘देशले आज श्रमजीवी तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरूबिच एकता खोजिरहेको छ।एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेन्डाहरू स्थापित गर्न, देशलाई अग्रगमन तर्फ डोर्याउन र उत्पीडित वर्ग तथा पछाडि...
काठमाडौँ । मधेस प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ। केही दिनअघि विस्तार भएको मन्त्रिपरिषद्मा भागबन्डामा असन्तुष्टि जनाएको माओवादी सरकारमा सहभागी हुन भएको हो।माओवादीका दुई मन्त्री सहभागी हुनुभएपछि मङ्गलवार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशले जनाएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी मधेस प्रदेशको मन्त्रिमण्डलमा सहभागी हुन...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका छन् ।प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिलाई जोड दिइरहेको बेलामा ओली र देउवासँग संयुक्त छलफल गरेका हुन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा अहिले छलफल जारी छ ।प्रधानमन्त्रीका प्रेस संयोजक मनहरी तिमल्सिनाले राष्ट्रिय महत्त्वको विषयमा अनौपचारिक छलफलका लागि शीर्ष नेताहरूलाई बोलाइएको बताए ।...
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अंकले उकालो लागेर दुई हजार एक सय दशमलव ६५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ अंकले उकालो लागेर चार सय दुई दशमलव शून्य एकमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।उनीहरूको राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्मेवारी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेकी छन् ।रास्वपाले आइतबार सरकारमाथिको समर्थन कायम राख्दै सकारबाट बाहिरिने निर्णय गरेको थियो
काठमाडौँ । नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाले पहिलो पटक स्रोतमै वर्गीकरण गरेर फोहर सङ्कलन गर्ने कार्य थालनी गरेको छ ।नगरपालिकाले ३० बुँदे कार्य योजना अन्तर्गत कुहिने, नकुहिने र सिसाजन्य तीन प्रकारका फोहरलाई छुट्टाछुट्टै सङ्कलन गर्ने व्यवस्था मिलाएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।नगर क्षेत्रबाट उत्पादन हुने फोहरको स्रोतबाट नै वर्गीकरण गरेर उचित व्यवस्थापन गर्ने तयारी गरिरहँदा कोही कसैले...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको छ । स्नातक तहमा भर्ना भए पनि प्रयोगात्मक परीक्षामामा अनुपस्थित भएका कारण उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूलाई मौका परीक्षाको अवसर दिएको हो ।परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तीन वर्षे स्नातक तहअन्तर्गत व्यवस्थापन, शिक्षा शास्त्र, मानविकी तथा सामाजिक शास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत भर्ना भएका विद्यार्थीलाई यस्तो...









