काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेनः बिजुक्छेँ

44

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको बताउनु भएको हो ।

आज रफत सञ्चार क्लब भक्तपुरको १३ औ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममान बोल्दै उहाँले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहि नभएको चलन काँग्रेसले ल्याएको बताउनु भएको हो ।

बिजुक्छेँले भन्नुभयो, “प्रमुख प्रतिपक्ष दलले कहिल्य सरकारलाई समर्थन गर्दैन, प्रमुख प्रतिपक्ष दल त छायाँ सरकारको रुपमा रहेर सरकारको गतिबिधीलाई नियाल्नु पर्छ, सरकारका गलत कामलाई खबरदारी गर्ने, रोक्ने काम प्रतिपक्षको हो, सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको हो तर सत्ताको माहेले काँग्रेसले त्यो जिम्मेवारी नै छाडिदियो ।”

उहाँले प्रतिपक्ष पनि हुँ भन्ने अनि सत्तामा भागवण्डा पनि खोज्ने काँग्रेसको नीति नै गलत भएको बिजुक्छेँको भनाइ थियो ।
उहाँले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाललाई कम्युनिष्टनै होइनन् भन्दै कम्युनिष्ट भन्ने काँग्रेस नेतृत्वको सरकारमा जाने कम्युनिष्ट हुन नसक्ने भन्दै आलोचना गर्नु भयो । उहाँले पार्टीको नाम समाजवादी भए पनि कुन समाजवाद ल्याउन खोजेका हुन्, नेता नेपाल प्रष्ट नभएको भन्दै अरुलाई आरोप लगाएर गाली गर्ने नेता नेपालमा आफैमा ती कुरा लागू भएको बताउनु भयो । उहाँले काँग्रेससँग मिल्ने गरि गतिबिधि अगाडि बढाएको भन्दै ै नेकपा एमालेलाई भाई काँग्रेस भएको आरोप लगाउनु भयो ।

dसंसदमा सांसदलाई बोल्न नदिनु गलत भएको भन्दै नेमकिपा अध्यक्ष बिजुक्छेले भन्नुभयो, “राप्रपाले हिन्दु राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसदमा सभामुखले रोक्नु गलत हो, संसदमा बोल्न पाउनु पर्छ, चित्त नबुझेका कुरा जवाफ दिने हो, बोल्न रोक्न पाइदैन ।”