Sunday, September 27, 2026
Home समाज नगरपालिकाले ल्यायो विनियोजन विधेयक

नगरपालिकाले ल्यायो विनियोजन विधेयक

74

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिकाले हिउँदे बैठकले केही योजनाका बजेट रकमान्तर गर्दै बजेट घटबढ गरेको छ । नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न १२ औँ नगर सभामा उपप्रमुख प्रभा बोगटीले पेस गरेको चालु आर्थिक वर्षको योजना तथा बजेटको ‘कार्यक्रम तथा बजेटको संशोधन तथा रकमान्तर विधेयक’ सर्वसम्मत पारित गरेसँगै तीनसय ३७ योजनामा बजेटको आकार परिवर्तन गरिएको हो ।

सो विधेयकमा यसअघि कार्यान्वयनका लागि पेस गरिएकामध्ये दुई सय ३० योजनाको बजेट रकमान्तर गर्दै बजेटको दायरा घटाइएको र एक सय सात योजनाको बजेटको दायरा बढाइएको उपप्रमुख बोगटीले जानकारी दिइन् । उनका अनुसार अघिल्लो आर्थिक वर्षको ऋण तिर्न बाँकी रहेको रु १४ करोड हाराहारी बजेट सुनिश्चित गर्दै चालु आर्थिक वर्षमा ऋण भुक्तानी गर्न बजेटको आकार घटबढ गरिएको हो ।

विदुरले चालु आर्थिक वर्षमा अनुमानित रु. एक अर्ब २४ करोड ८३ लाखको बजेट ल्याएको थियो ।