फर्निचर उद्योगमा आगो लागेपछि……

64
सांकेतिक तस्विर

पोखरा । पोखराको चाउथेस्थित एक फर्निचर उद्योगमा आगो लाग्दा २ मजदुर जलेर घाइते भएका छन्। पोखरा महानगरपालिका-१४ चाउथे डिपीमार्गमा रहेको पाल्पा भैरव फर्निचर उद्योगमा गएराति भएको आगलागीमा परेर २ जना मजदुर घाइते भएका हुुन्।

जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारीका प्रहरी नायब निरीक्षक ज्ञानबहादुर खड्काका अनुुसार धादिङको ज्वालामुखी घर भई फर्निचरमा कार्यरत २० वर्षीय राहुुल गुरुङ र पाल्पा रिब्दीकोटका २१ वर्षीया आशिष खड्का घाइते भएका छन्।गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियु कक्षमा उपचार भइरहेको छ। उनको शरीरको ४५ प्रतिशत जलेको अस्पतालले जनाएको छ। खड्काको ग्यालेक्सी हस्पिटलमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य छ। युक्तप्रसाद रेग्मीले सञ्चालन गरेको उक्त फर्निचरमा गएराति करिब २ बजे आगलागी भएको थियो। ‘आगोलागीबाट कम्पाउण्डभित्र रहेका चारवटा टिनका टहरा पूर्णरूपमा जलेर क्षति भएका छन्’, खड्काले भने।