Friday, October 2, 2026
Home समाचार ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारीको आमाको निधन

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारीको आमाको निधन

48

काठमाडौँ। ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । बुधबार राति ग्यास सिलिन्डर विस्फोटमा उनी घाइते भएकी थिइन् ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो । हरिकला ८९ वर्षकी थिइन् । आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ । गए राति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको बताइएको छ ।भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।